लाब्दा खास पाठशालालाई वनविभागबाट डेस्क बेन्च वितरण

primary school students in darjeeling hills
स्थानीय लाब्दा खाश निम्न बुनियादी पाठशालाका बिधार्थी नानीहरुलाई शिक्षा आर्जन गर्नको निम्ति  हालैमा सिन्चेल रेन्ज जोरबंग्लो बन बिभागबाट डेस्क बेन्च बितरण गरियो | सिन्चेल बन बिभागका रेन्जर उत्तमचन्द्र प्रधान,सत्यम छेत्री अनि बडाबाबु ललित प्रधानको उपस्थितिमा नानीहरुलाई पठन पाठनको सुबिधाको निम्ति उक्त डेस्क बेन्च बितरण गरियो | लाब्दा खाश निम्न बुनियादी पाठशालाका बनबिभागको इको डेभलपमेन्ट कमिटि अधिनस्थ रहेको कारण नै उक्त सरसमान पाठशालालाई बितरण गरिएको हो | उक्त समय लाब्दा खाशमल ईडीसी का सम्पूर्ण सदश्य सदश्यगण उपस्थित थिए भने बिधालय परिवारको पक्षबाट पाठशालाका प्राध्यपिका पवित्र राईले सिन्चेल बन बिभागप्रति आभार व्यक्त गरेका छन | बिधालय परिवारले आगमी दिनमा यस पाठशालालाई मर्मति गरिदिने पनि बन विभागलाई निवेदन  गरेका छन भन्ने जानकारी पाठशालाका सहशिशाक अजय छेत्रीले एक बिज्ञप्ती मार्फत दिएका छन |
loading...

स्थानीय लाब्दा खाश निम्न बुनियादी पाठशालाका बिधार्थी नानीहरुलाई शिक्षा आर्जन गर्नको निम्ति हालैमा सिन्चेल रेन्ज जोरबंग्लो बन बिभागबाट डेस्क बेन्च बितरण गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.