मङपुमा श्रीमद वीतक कथा प्रारम्भ

Sri Krishna vitak katha in Mungpoo pranami mandir
विगत वर्षहरु झैँ यस बर्ष पनि मङपुको ऐतिहासिक श्री कृष्ण प्रणामी गीता मन्दिर रेसेप बिभाग मङपुमा “निजानन्द प्रणामी सम्प्रदायको इतिहास कथा”श्रीवीतक कथा आज देखि प्रारम्भ भयो | बिहान नौ बजे देखि सम्पूर्ण भक्तसमुदायले सुन्दर साथ “श्रीराजजी तथा श्रीवीतक कथा ग्रन्थ” मा पुष्पान्जली अर्पण गर्दै आफ्नो ब्रतको पुर्नाहुति गरे |  मंगल सेवा आश्रम कालीझोडाबाट आएका प्रख्यात कथावाचक श्री देवराज महाराजले संगीतमय श्रीवीतक कथाको थालिनी गरे | यसरी प्रतिदिन दिउसो २ बजे देखि ४ बजे सम्म सम्पन्न हुने सो कथाप्रवचन आउदो १६अगस्त  श्रीकृष्ण जन्म अष्टमी सम्म चल्ने छ जानकारी छ | प्रवचन समय सिलगडीबाट ख्यातीप्राप्त गायक शास्त्री श्री नवराज बसिष्टबाट सुमधुर भक्ती संगीत प्रस्तुत हुनेछ | उक्त महीनाब्यापी भक्तिमय कार्यक्रम एवं धार्मिक अनुष्ठानमा श्रीकृष्ण प्रणामी गीता मन्दिर समिति सम्पूर्ण भक्तजनहरुलाई हार्दिक स्वागत गर्दछ भन्ने जानकारी मन्दिर संचालन समिति सचिव मन्जीत थापाले दिएका छन |
loading...

विगत वर्षहरु झैँ यस बर्ष पनि मङपुको ऐतिहासिक श्री कृष्ण प्रणामी गीता मन्दिर रेसेप बिभाग मङपुमा

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.