गोजामुमो र एकता समाज द्वारा भिन्न भिन्नै स्थानमा शहीद दिवश पालन

स्थानीय गोजमुमो मङपु जोन कार्यालयमा मङपु जोनको आयोजनमा शहिदहरुको स्मरणमा श्रद्दासुमन अर्पण गर्दै शहीद दिवस भब्य रुपमा पालन गरियो | पार्टी अध्यक्ष प्रदीप छेत्रीको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा मङपु जोन साथै बिभिन्न शाखाका प्रतिनिधिहरु उपस्थित रहेका थिए | मोर्चा मङपु जोन सचिव रतन लामाले संचालन गरेको समरोहमा पार्टी अध्यक्ष प्रदीप छेत्रीले दीप प्रज्वलन गर्दै शहीदहरु प्रति नमन गरे | सभालाई सम्बोधन गर्दै पार्टीका मुल सचिव रतन लामाले १९८६ सालको दशकमा गोर्खाल्याण्डको निम्ति आफ्नो प्राणको आहुति दिएर शहीद बनेका १२०० शहीदहरुको सम्झना गर्दै प्रात: स्मरणीय आन्दोलनकारी प्रमिला शर्मा,अक्बर लामा,बिकी तामांङ,नीता खवास,बिमला राई रबिन राई साथै ज्ञात अज्ञात शहीदहरुको सम्झनामा श्रदा सुमन अर्पण गर्दै उनीहरुको त्याग र बलिदान प्रति सम्पूर्ण गोर्खा जाति नतमस्तक रहेको कुरो सभामा जनाए | शहीदहरुको सम्झनामा सम्पूर्ण उपस्थितिगणद्वारा केहि क्षण मौन धारण गरेर आफ्नो श्रदा भावना अर्पण गरियो |

 एकता समाजद्वारा शहीद दिवस पालन

shahid dewas in mungpoo
देशको सिमानामा रक्षा गर्दा गर्दै शहीद हुने भारतीय गोर्खे शहीदहरुलाई स्मरण गर्दै मङपु एकता वेलफेर फोनडेसन समाजका सदस्यवर्गले आज स्थनीय शहीदहरुको शहीद वेदीमा पुगी श्रदा अर्पण गर्दै राष्टिय तिरंगा झण्डा लगाए | मङपु एकता वेलफेर फोनडेसन समाजका सचिव सुबास राईको अगुवाईमा संस्थाका सदस्य सदस्यवर्गले शहीदवेदीमा पुगी साफ सफाई गर्नको साथै शहीदहरु प्रति श्रदासुमन अर्पण गर्दै पुष्पअर्पण गरे | स्थानीय शहीदहरु पासांङ शेर्पा,प्रभात छेत्री,सुजीत थापा अनि संजय राईको शहीदवेदीमा पुगी संस्थाका प्रतिनिधिहरुले तिरंगा झन्डा लगाउनको साथै शहीदवेदी वरिपरि साफसफाई गरे | संस्थाका सचिव सुबास राईको अगुवाईमा राजेश प्रधान,प्रनेश छेत्री,प्रतीक प्रधान अनि दिपेश शाहद्वारा पनि शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै शहीदवेदीमा खदार्पण गरियो | यसरी शहीदका परिवारको पक्षबाट पनि शहीदहरुलाई स्मरण गर्दै साथै श्रदासुमन अर्पण गर्दै दीपप्रज्वलन गरियो |
loading...

स्थानीय गोजमुमो मङपु जोन कार्यालयमा मङपु जोनको आयोजनमा शहिदहरुको स्मरणमा श्रद्दासुमन अर्पण गर्दै शहीद दिवस भब्य रुपमा पालन गरियो |

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.