अगमसिहं निम्नोच्च माध्यमिक बिधालयको उद्घाटन

GTA sabhasad Ratan Thapa
दार्जीलिंङ लोकसभा संसद कोष बर्ष २००१३/२०१४ द्वारा आठ लाखको  लागतमा नवनिर्माण गरिएको मङपु अगमसिह निम्न् उच्च बिधालय (Agamsingh Giri Junior High School Mungpoo) को उद्घाटन आज जीटीए बन बिभाग कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट गरियो | स्थानीय समाज सेवी भीम खरेलको अध्यक्षतामा सम्पन्न भएको यस उद्घाटन समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि एवं क्षेत्रीय सभासद रतन थापाले सन १९९९ सालमा स्थापित यस  अगमसिह निम्न् उच्च बिधालयलाई झट्टै सरकारी मान्यता दिलाउने प्रक्रिया जारी रहेको बताउदै यस बिषयमा मोर्चाले पहल गरिरहेको बताए | सभासद थापाले स्थानीय आदर्श ग्राम ७४ धुरामा चाडै नै एउटा सार्बजनिक भवन निर्माण गरिदिने पनि घोषणा गरेका छन् | बिधालयका शिक्षक संजय राईले संचालन गरेको यस उद्घाटन समारोहमा बिधालयका छात्र छात्रावर्गले सांस्कृतिक कार्यक्रम संगै गीत,नृत्य साथै  “छिमेकी नाटक” प्रस्तुत गरे | बिधालयका प्रधानाध्यापक रुपास बम्जनले स्वागत सम्भाषण राखेको कार्यक्रममा अतिथिहरुमा पुर्णिमा थापा(मोक्तान) ,मोर्चा मङपु जोन सचिव रतन लामा,दातडुप्लेयु सिन्कोना जोन सचिव गगन राई,विभागीय ग्यांगम्यान बीबी मोहरा,लंकुभेल्ली जुनियर हाईस्कूल प्रधानअध्यापक जगत थापा लगायत अन्य गन्यमान्य व्यक्तिहरु उपस्थित थिए |
loading...

दार्जीलिंङ लोकसभा संसद कोष बर्ष २००१३/२०१४ द्वारा आठ लाखको लागतमा नवनिर्माण गरिएको मङपु अगमसिह निम्न् उच्च बिधालय (Agamsingh Giri Junior High School Mungpoo) को उद्घाटन

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.