चिटफन्डको चिटिंग : सत्रको सात तालुमा हात हुँदै निवेशक र एजेन्टहरु

chit fund scam
सिटोङ, २२ जुलाई (सञ्जीव छेत्री): सजिलै घर-घरबाटै मासिक अथवा एकमुष्ट फिक्स डिपोजिटको रुपमा बिभिन्न कथित मनि मार्केटिङ अनि चिटफन्ड कम्पनीहरुमा पैसा जम्मा गरेर ढुक्क हुने निवेशक अनि पाँचदेखि पच्चीस/तीस प्रतिशत कमिसनको लोभलाग्दो जालोमा परेर त्यस्ता कम्पनीका एजेन्ट बनि दैलो-दैलो चहारेर निवेशकहरुबाट पैसा बटुल्नेहरु छलिने र ठगिने परम्परा नै पहाडमा बसेर आएको जस्तो देखिन थालेको छ | कहिले दस महिनामा दसको बीस फर्काउने कम्पनी त कहिले एजेन्टलाई मोटो कमिसनले छोटो समयमै मालामाल बनाउने फटाहा कम्पनीको ठगाईले पिल्सिए पनि निवेशकहरुको चेत भने खोलिएको देखिन्दैन | प्रत्येकपल्ट कुनै कम्पनी उडेको खबरसँगै निवेशकहरुलाई करोडौंको चुना लागेको खबर पनि समाचार बन्ने गरेको देखिन्छ | यस्तै एक चिटफन्ड कम्पनीसँग सम्बन्धित एक व्यक्तिले बताएअनुसार हाल क्षेत्रमा चलिरहेका प्रायजस्तो कथित मल्टीलेभल मनि मार्केटिङ एवं चिटफन्ड कम्पनीहरुको हालत नाजुक रहेको छ | बिगतका कतिपय काण्डहरुका कारण हाल धेरजसो निवेशकहरुले यस्ता कम्पनीहरुमा पैसा निवेश गर्न छाडेका छन भने राम्रा अनि किर्ति कमाएका भनेर प्रचार गरिएका कतिवटा कम्पनीहरुले पनि समयमा निवेशकहरुको लगानी सहि रुपमा फर्काउन नसकेको धेरैवटा घटना प्रकाशमा आएपछि धेरैवटा त्यस्ता कम्पनीमा धेरै रुपियाँ लगानी गर्ने निवेशकहरु पुर्पुरोमा हात राखेर बसेका देखिएका छन | यस्तोमा ‘कमिसन खाएर धनि हुने जमाना हो’- भन्ने सोचलाई प्रश्रय दिन बन्द गर्दै परिश्रम अनि लगनशिलताको बाटो अपनाएर आफ्नो मालिक आफै बन्ने पक्षमा जोड दिए बेरोजगार समस्या त समाधान हुन्छ नै साथै बिभिन्न कम्पनी र फटाहाहरुले लुट्ने क्रममा पनि विराम लाग्न सक्थ्यो कि भन्ने आशा गर्न सकिन्छ | नत्र त बेरोजगारको खरेडीले पिल्सिएका युवाहरुलाई दिग्भ्रमित गर्दै जनसाधारणलाई लुट्ने कार्यक्रम चलिरहने निश्चित छ | कम्पनीको कर्तुतले कहालिन्दै  ‘साउँ फर्किदिए भइगो’- भन्ने निवेशक अनि ‘योपल्ट उक्सिन पाएँ भने यस्तो कम्पनी फर्केर पनि हेर्दिनँ’ -भन्ने एजेन्टहरुले पनि पैसाको सहि निवेशबारे बुझ्नु आवश्यक रहेको देखिएको छ | होइन भने गतिलो म्याचुरिटि अनि बाक्लो कमिसनको तिलस्ममा फस्ने प्रक्रिया बन्द हुने सारै छाँटकाँट देखिन्दैन |
loading...

सजिलै घर-घरबाटै मासिक अथवा एकमुष्ट फिक्स डिपोजिटको रुपमा बिभिन्न कथित मनि मार्केटिङ अनि चिटफन्ड कम्पनीहरुमा पैसा जम्मा गरेर ढुक्क हुने निवेशक अनि पाँचदेखि पच्चीस/तीस प्रतिशत

Read latest post filed under regional news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.