मङपुमा भानुजयन्ती पालन

Bhanu Jayanti Celebration in Mungpoo
मङपु१३जुलाई(केशर मोक्तान): आदिकवि भानुभक्त आचार्यको २०० वा जन्म जयन्ती आज स्थानीय रबिन्द्र भवनमा ए.के.गुरुङको अध्यक्षतामा सूचना अनि संस्कृतिक बिभाग प.बंगाल अनि मङपु साहित्यक संस्थानको आयोजनामा सम्पन्न भयो | समारोहको शुरुमा प्रमुख अतिथि अनि सभाध्यक्षको बाहुलीबाट कबिको तस्बीरमा माल्यार्पण अनि दीप प्रज्वलन गरियो | यसरी स्थानीय बिधालयका नानीहरुलाई लिएर चित्र बनाऊ प्रतियोगिता अनि मङपुको कबि स्व: कबि विकास गोतामे द्वारा लिखित कविता  “म सबैलाई सोध्छु पैसाले किन पुग्दैन” शीर्षक माथि   अबृति प्रतियोगिता सम्पन्न भयो | बस अनि चित्र बनाऊ प्रतियोगितामा डोमा शेर्पा प्रथम,करिश्मा राई दोश्रो अनि आरती राइले तेस्रो स्थान हासिल गरे | यस्तै गरि अबृतिको जुनियर बिभागमा मनिषा तामांग प्रथम,श्रद्धाञ्जली राई दोश्रो अनि अबिशिखा तामांग तेस्रो स्थान प्राप्त गरे भने सिनयर बिभागमा शिबानी छेत्री प्रथम,प्रतिमा राई दोस्रो अनि बिक्रम छेत्रीले तेस्रो स्थान हत्याउन सफल बने | बिजय प्रतियोगीहरुलाई समारोह अतिथिहरुद्वारा पारितोषिक बितवरण गरियो | मङपु साहित्यक संस्थानको सदस्य सुरेन्द्र थीङ,शुभद्र बम्जन,दिलीप शर्मा अनि सुजीत थापाले संचलान गरेको समारोहमा साहित्यकार अनि कथाकार उदय थुलुङ, सुरज धड्कन साथै भोटु प्रधानलाई सम्मान जनाईयो | भानुजयन्ती समारोहमा केशङ लामा,गणेश बाराईली,अमरदुंङ माली,गोकुल रसाइली,सबीर दीलपाली, मादव बुडाथोकी, रोशन राई,प्रमिला मुखिया,पुस्कर सिङगर,बानिरा गोतामे,कृति थापा,आशिषदीप राई,सानु भट्टराई,खगेन्द्र बराइली आदिले कविता वाचन गरे | आजको समारोहमा प्रमुख अतिथिहरुमा  दार्जीलिंङ अतिरिक्त जिल्लापाल कौशिक भट्टचार्य,सुचना एवं संस्कृतिक बिभाग सहनिर्देशक सुप्रिणा ब्लोन,डीआईसी अधिकारी पी.डी.बल, सिन्कोना बगान निर्देशक डा.सामुएल राई,रंगलीयट खण्ड विकास अधिकारी लगायत अन्य अतिथिगण उपस्थित थिए | दुई दिदीबहिनी स्मृति थापा अनि प्रिती थापाले भायोलिन मा धुन प्रस्तुत गरे भने आजको कार्यक्रममा स्वागत सम्भाष्ण पी.डी.बलले राखेको थिए | अन्त्यमा दीप थापाले सबैलाई धन्यवाद ज्ञापन गर्दै सभा अन्त गरे |
loading...

आदिकवि भानुभक्त आचार्यको २०० वा जन्म जयन्ती आज स्थानीय रबिन्द्र भवनमा ए.के.गुरुङको अध्यक्षतामा सूचना अनि संस्कृतिक बिभाग प.बंगाल अनि मङपु साहित्यक

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.