टीएमसी रंगली रंगलीयट ब्लक कमिटि गठन

Trinamool congress TMC flag
बुधबारको दिन स्थानीय छ माईल सार्बजनिक भवनमा टीएमसी रंगली रंगलीयट ब्लकको सभा हिल तृणमूल कंग्रेस अध्यक्ष राजेन मुखियाको अध्यक्षतामा सम्पन्न  भयो | सभामा बिशेष रुपले जिल्ला समितिका विभिन्न प्रतिनिधिगण एन.बी खवास,गोपाल छेत्री,शान्ता छेत्री,शारदा सुब्बा,मिरेन लामा अनि भानु दोंङले सम्बोधन गरे | सभाको मुल उदेश्य १६वा लोकसभा चुनाव अवधि गठन भएको अस्थायी आर.आर ब्लक कमिटि बिगठन गरि नयाँ स्थायी ब्लक कमिटि गठन गरियो | संजय सुब्बाले संचालन गरेको सभामा अस्थायी ब्लक कमिटिलाई नयाँ ब्लक कमिटि गठन गर्ने घोषणा सभामा मिरेन लामाले गरे | हाईकमाण्डबाट नै बिभिन्न कमिटिहरु बिगठन गरि फेरी नया शसक्त कमिटि गठन गर्ने आदेश भएको कारण नै यस ब्लक अन्तर्गत ११वटा ग्रामपन्चायतबाट तीन तीन जना सक्रिय कार्यकर्तालाई लिएर ब्लक कमिटि गठन गर्न पर्ने सुझाव लामाले राखे | ११वटा ग्राम पंचायतबाट तीन तीन जना सदश्यलाई लिएर आरआर ब्लक कमिटि गठन गरियो जसको सभापति संजय सुब्बा, उप सभापति साजन बान्तवा,अमृत तामांङ, सचिव पवन बल,सयुक्त सचिव सोनाम गुरुङ,सहसचिव,जीवन भट्टराई र दिनेश रुम्बा,कोषाध्यक्ष सुरज राई, सल्हाकार के.एस.छेत्री,अमरदीप राई,फुर्बा योन्जन के.के राई लगायत अन्य  १२ जनालाई कार्यकारिणी सदश्यको रुपमा चयन गरियो | यसरी आरआर ब्लकबाट मिरेन लामालाई  जिल्ला प्रतिनिधि रुपमा छनौट गरियो | यस ब्लक कमिटि गठन पछि जीपी कमिटि गठन साथै वार्ड कमिटि गठन हुने जानकारी ब्लक कमिटि सचिव पवन बलले जानकारी दिएका छन | यस कमिटि मार्फत सिन्कोना,चिया अनि बनबस्ती क्षेत्रको जनताले भोगीरहेको समस्य माथि कार्य गरिने समष्टि सचिव बलले जनाए |
loading...

बुधबारको दिन स्थानीय छ माईल सार्बजनिक भवनमा टीएमसी रंगली रंगलीयट ब्लकको सभा हिल तृणमूल कंग्रेस अध्यक्ष राजेन मुखियाको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.