किरण ब्लोन टीएमसी पार्टीमा सामेल

Kiran Blon joins TMC
मङपु टीएमसी कार्यालयमा दार्जीलिंङ जिल्ला हिल तृणमुल कंग्रेस मङपु समष्टिको एक औपचारिक सभा जिल्ला कोर कमिटि सल्हाकार मिलन डुक्पाको अध्यक्षता एवं जिल्ला युथ अध्यक्ष भुपेन्द्र लेप्चाको उपस्थितिमा सम्पन्न भयो | यसरी उक्त सभामा मङपुका एक बरिस्ठ व्यक्तित्व किरण ब्लोन आज देखि टीएमसीमा सामेल भएको छ भने व्लोनलाई आज सभा शिरोमणीको बाहुलीबाट टीएमसी झन्डा हस्तान्तरण गर्दै तृक पार्टीको सदस्यता दिइयो | सभामा आफ्नो मन्तब्य पेश गर्दै ब्लोनले आफु टीएमसीमा स्व इच्छाले आएको बताउदै आफुलाई यस पार्टीको सदश्य दिएकोमा सबैलाई आभार व्यक्त गरे | ब्लक कमिटि सचिव पवन बलले किरण ब्लोन एक समयका यूनियन बाझ र जुझारु नेता रहेको बताउदै भावी दिनहरुमा उनको अनुभव,योग्यता एवं क्षमतालाई हेरेर सिन्कोना बगान एवं बगानबासको हितमा कार्य गर्न न्यायसंगत सम्मान पर्तिस्ठा दिइने बताए | यसरी प्रथम चरणको सभामा ब्लोनलाई पार्टीको पक्षमा स्वागत जनाउदै सभासद डुक्पाले सभा बर्खास्त गरे | दोस्रो चरणको सभा शरद थापाको अध्यक्षतामा युथ संगठन बिषय चर्चा गरियो | बिगत तिता मिठा अनुभवहरु प्रत्येक क्षेत्रबाट आएका युवाहरुले सभामा राखे | रम्बी बीचकमान बिभागबाट दिब्य गुरुङ, मङपु सिम्लेबाट अनुप छेत्री र योगेस गुरुङ, रोङचोङ बस्तीबाट सवाल छीरिंङ लेप्चा,रम्बी बजारबाट योगेश बिश्वकर्म संगठन बिषय प्रतिक्रिया सुझाव व्यक्त गरे | संगठनमा युवाहरुको भूमिका अग्रपन्क्तीमा रहने हुनाले जनताको सेवाकार्यमा योजन्बद्दा भएर बैचारिकता प्राथमिकता दिदै कार्य गर्नु पर्ने युवा अध्यक्ष भुपेन्द्र लेप्चाले सभामा जनाए | बिकाश मात्र नभनेर युवाहरुले विकासको निम्ति ब्लुप्रिन्टहरु तयार गर्नु पर्ने बताउदै आफुसंग पनि पहाडका युवा तथा जनताको निम्ति ब्लुप्रिन्ट रहेको सभामा युवा अध्यक्षले औगत गराए | यदपि सबै बिकाशमुलक कार्यहरु पूर्ण हुन् चाडै सम्भव नरहेतापनि आफु आफ्नो उदेश्यप्रति दृड़ रहेको उनले बताए | यसरी युथ गठन कार्यहरु पूर्ण गर्न अहमभूमिका निर्वाह गरेकोमा लेप्चालाई पूर्व अध्यक्ष छेवांङ भुटियाले  धन्यवाद दिए | युथ सभापति लेप्चाको निर्देशमा नै जीपी कमिटी युथ गठन प्रक्रिया शुरु गर्नको निम्ति निम्नलिखित व्यक्तिहरुलाई कोअडिनेटरको रुपमा छनौट गरियो जसमा शरद थापा,यादव गुरुङ,उज्ज्वल बम्जन,रोशल लेप्चा,योगेश गुरुङ,बिबेक मल्ल र संजोक राई अभिभार सुम्पियो | सम्बोधनको क्रममा हिल कोर समितिका कार्यकारिणी सदश्य मिरेन लामाले युवाहरुलाई अनुसाशित ,धर्यशील भएर कार्य गर्नु पर्ने सुझाव दिए | बिगत पार्टीमा जुन परिस्थिति थियो सो अहिले नरहेको  औ यसपालिको कोर कमिटि गठन विधिवत रुपमा भएकोले भावी दिनमा संगठन सुचारुपले संचालन हुने सबैलाई औगत गराए | क्रियाप् रतिक्रिया भए पछि युवा सभापति भुपेन्द्र लेप्चाको निर्देशमा नै संगठन विस्तर गर्न हेतु आगमी दिनमा ग्रामपंचायत समिति पनि गठन गर्ने सभामा निर्णय लियो | आजको सभामा जिल्ला कोर समिति सदश्य मिरेन लामा,खण्ड समिति सचिव पवन बल,घुमजोरबंग्लो सभापति फिन्चो  भुटिया,युटीएमसी मङपु समष्टि सभापति निलकुमार गुरुङ,सचिव बुद्ध लामा,खण्ड समिति उपसभापति बी.एस.राइ,जिल्ला युथ सचिव लवांङ सुब्बा लगायत पार्टीका अन्य कार्यकर्ता उपस्थित थिए भन्ने  जानकारी खण्ड समिति सचिव पवन बलले जानकारी दिएका छन |
loading...

किरण ब्लोन (Kiran Blon joins TMC) टीएमसी पार्टीमा सामेलमङपु टीएमसी कार्यालयमा दार्जीलिंङ जिल्ला हिल तृणमुल कंग्रेस मङपु समष्टिको एक औपचारिक सभा जिल्ला कोर कमिटि सल्हाकार मिलन डुक्पाको अध्यक्षता एवं जिल्ला युथ अध्यक्ष भुपेन्द्र लेप्चाको

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.