मङपुबाट फेरि पल्सर बाईक चोरी

Pulsar bike stolen from mungpoo
मङपु सिम्ले धुराबाट फेरि  निलो रंगको पल्सर बाईक चोरी भएको छ | बाईक मालिकले जनाए अनुसार सिम्ले धुरा गाउँ भित्र घरको छेऊमा राखेको आफ्नो निलो रंगको १२० सीसी पल्सर बाईक WB 74 AC1439 ९ जुनको मध्य राती हराएको छ | आफ्नो बाईक हराएको सन्दर्भमा बाईक मालिक रविप्रसाद राईले  रंङली रङलिय्ट थानामा गई हिज दिउसो १ बजे नै प्रथामिकी दर्ता गरिएता पनि प्राथमिकी दर्ता गरिएको २४ घण्टा बितिसक्दा पनि पुलिसले उक्त विषयमाथि छानबिन नगरिदिएकोमा बाईक मालिकले दुख प्रकट गरेका छन | स्मरण रहोस यसभन्दा एक महिना अघिमात्र मङपु पीडब्लु बंगलोबाट डिस्कवर बाईक चोरी भएको थियो भने तीनबर्ष भित्रमा मङपुबाट २वटा बोलेरो गाडी अनि १० वटा बाईक चोरी भएको छ |  हालसम्म यति धेरै बाईक तथा गाडी चोरीभएता पनि पुलिसले अहिले सम्म वाहन चोर्ने गिरोह पक्राउ गर्न असमर्थ रहेको जनताको भनाई छ | यस बिषयमा पुलिससित जान्न चहादा उनीहरुले प्रथामिकी दर्ता गर्ने बितिकै पुलिसले खोजी तलास जारी राखेको बताउदै पुलिसले मङपुको तिनैवटा सिन्कोना बगानको चेकपोस्टमा सोधपुछ गरिसकेको अनि सम्पूर्ण थानाहरुमा पनि सुचित गरेर बाइक चोर्ने  गिरोहको खोज तलास अभियान जारी राखेको बताए |
loading...

मङपु सिम्ले धुराबाट फेरि निलो रंगको पल्सर बाईक चोरी भएको छ | बाईक मालिकले जनाए अनुसार सिम्ले धुरा गाउँ भित्र घरको छेऊमा राखेको आफ्नो निलो रंगको १२० सीसी पल्सर बाईक WB 74 AC1439 ९ जुनको

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.