सिन्कोना उध्योगलाई राज्य सरकार अथवा जीटीए कुनै एक बिभागले चलाएको हुनुपर्छ: युनाइटेड फोरम

save cinchona plantation by united forum
मङपु३०मई(केशर मोक्तान): सिन्कोना बगान श्रमिक ट्रेड यूनियन युनाइटेड फोरमले ११ सुत्री मांग पेश गर्दै आज बगान निर्देशक डा.सामुएल राईलाई सित भेट गरि एक ज्ञापन चडाए | फोरम केन्द्रीय समिति एल.एम. शर्माको अगुवाईमा सिन्कोना बगान श्रमिक कर्मचारीवर्गको बिभिन्न समस्यको समाधान हुनु पर्ने मांग फोरमले गरेका छन | फोरमले प्रथम चरणमा सिन्कोना बगान श्रमिककर्मचारीवर्गको जमीनको पर्जापट्टा दिनु पर्ने मांग सरकार समक्ष राखेको | यूनियन टोलीलाई बगान निर्देशकले सिन्कोना बगानमा कुनै पनि फण्ड नभएको अनि सिन्कोना बगानमा आएको रकम जीटीएमा अड्किएकोले हाल सम्म यस सिन्कोना उध्योगमा कुनै पनि कार्य गर्ननसकेको बताए भने फोरमले यस बिषयमा चाडै नै जीटीए सिन्कोना बिभाग सभासद सामुएल गुरुङ सित भेट गर्ने भएको छ  | सिन्कोना उध्योगलाई राज्यको हर्टिकल्चर एवं खाद्य प्रकरण बिभाग साथै जीटीएले पनि चलाएको हुनाले हालमा यस उध्योगलाई अवस्था अझ बिग्रेर गईरहेको हुनाले फोरमले सरकारको यस्तो दुईमुखे नीतिप्रति घोर बिरोध  गरेको छ |  कि त राज्य सरकारले या त जीटीए दुईमा कुनै एक विभागले नै पुर्णरुपले सिन्कोना उध्योग चलाएको हुनुपर्छ | सरकारको दुईमुखे नीतिको कारण नै सिन्कोना उधोगको अवस्था दिन दिनै जीर्ण बन्दै गईरहेको छ भन्दै  यस बिषयमा पनि फोरम टोलीले चाडै नै राज्य हर्टिकल्चर बिभागका मन्त्री अनि सचिव सित पनि भेट गर्ने बताए | राज्य सरकारको हर्टिकल्चर बिभाग या त जीटीए कुनै एकले सिन्कोना उध्योग झट्टै पूर्णरुपले चलाएर बगान श्रमिकवर्गको समस्यको समधान गरेको हुनु पर्छ भनि फोरमले मांग गरेको छ | आज फोरम टोलीले बगान निर्देशकलाई सिन्कोना बगान श्रमिक कर्मचारीवर्गको मोडल हाउस झट्टै निर्माण हुनु पर्छ,सिन्कोना बगान अस्पतालमा डाक्टर,नर्स एम्बुलेन्स अनि श्रमिकवर्गको निम्ति औषधी रहेको हुनुपर्छ | सिन्कोना श्रमिकवर्गको निम्ति पिउने पानीको व्यवस्था हुनु पर्छ | सिन्कोना बिभागमा रहेको रिक्त अधिकारीगणको पदमा नयाँ अधिकारीहरु भर्न गरिएको हुनुपर्छ,सिन्कोना श्रमिकलाई सस्तो  मुल्यमा एलपीजी ग्यासको व्यवस्था गरिदिएको हुनुपर्छ भन्ने ११सुत्री मांग राख्दै ज्ञापन चदाएको छ | आजको निर्देशक सितको अन्तर्वार्ता कार्यक्रममा एआईयुटीयुसी सभापति गौतम भट्टाचार्य,सचिव खितिज़ रोई, युनाईटेड फोरम रोङगो जोन सचिव सन्तोष गुरुङ,सभापति वांङदी शेर्पा,उपसभापति एमोन दर्नाल,सहसचिव सुदन गुरुङ,संकर पाल अनि मुन्नी मुण्डा उपस्थित थिए | फोरमले सिन्कोना बगान श्रमिकवर्गको समस्यलाई लिएर निरन्तर रुपमा सरकार समक्ष कार्यक्रमको गरिरहने जानकारी फोरम सभापति एल.एम.शर्माले दिएका छन |
loading...

सिन्कोना बगान श्रमिक ट्रेड यूनियन युनाइटेड फोरमले ११ सुत्री मांग पेश गर्दै आज बगान निर्देशक डा.सामुएल राईलाई सित भेट गरि एक ज्ञापन चडाए |

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.