हुरी बतासले शारदा बिध्यालयको छाना उडायो

Sharadha High School Mungpoo
मङपु२५अगष्ट(केशर मोक्तान): केही  दिन अघि आएको हुरीबतासले यहाँको मङपु बिभागमा धेरै नै क्षति पुराएको छ | उक्त हुरीबतासले स्थानीय शारदा  उच्च माध्यमिक बिध्यालयको छाना पूर्णरुपले उडाएको कारण श्रेणीकोठा भित्र पानी पसेर चारवटा कक्षा प्रभावीत बनाएको छ | १९८८ सालमा स्थापीत भएको उक्त बिध्यालयलाई १९९७ सालमा दागोपापबाट दिएको केवल राशी (१.५) डेड़ लाख रुपियाँमा बिद्यालय कोषबाट पनि बाकी रुपियाँ थपेर नवनिर्माण गरेको उक्त श्रेणी कोठाको च्यादर हुरीबतासले उडाए पछि बिधार्थीहरु बर्खा मासमा कहाँ अध्यन गर्ने हो प्रश्नको बिषय बनेको छ | उक्त बिषयमा सकूल कर्तपक्ष एकदमै चिन्तित बनेका छन | उक्त बिद्यालयलाई अझ  व्यवस्थित पार्न सकूल कृतपक्षले धेरै पल्ट सम्बन्धित विभागलाई आवेदन चड़ाएता पनि अहिले सम्म कुनै पनि सहयोग पाएको छैनन भनि बिध्यालयका प्रधान अध्यापक प्रकाशचन्द्र राइले बताएका छन | यस बिषयमा एन,एच.पी.सी. समक्ष पनि सहयोग मागेता पनि अहिले सम्म पनि सहयोग नपाएकोमा बिध्यालय परिवारले दुख व्यक्त गरेका छन | फिलहाल तीन सय बिद्यार्थीहरु अध्यनरत यस शारदा  बिध्यालयमा हवापानीले छाना उडाएको समयमा सम्बन्धित विभागले यस दिशातर्फ ध्यान दिएर झट्टै बिधालय भवनमा सिमेन्टेड छानो लगाउन नितान्त अवश्यक देखिन्छ | बिध्यालय शिक्षाको मन्दिर भएको कारण सरकारले पनि यस दिशा तर्फ ध्यान दिएर समस्यको समाधान गर्न नितान्त आवश्यक देखिन्छ | यस्तै प्रकारले उक्त दिन आएको हुरीबतासले स्थानीय एस.एस.के पाठशालाको पनि सम्पूर्ण छानाको च्यादर उडाएको कारण यस दिशातर्फ पनि सम्बन्धित विभागले ध्यान दिएर मर्मत गर्न नितान्त अवश्यक देखिन्छ | हालमा छुट्टै राज्य गोर्खाल्यान्ड आन्दोलन चलिरहेको कारण सकूलहरु बन्द रहेकोका कारण मात्र बिद्यार्थीहरु सकूल आएको छैनन् यदि अचानक भोली सकूल लागेर विधार्थीहरु पाठशाला आएमा उनीहरु छाना नभएको स्कूलमा  पढ़न सम्भाव रहला त? यसैले सम्बन्धित विभागले यस दिशातर्फ  चाडै ध्यान दिएर मर्मत गर्न नितान्त अवश्यक देखिएको छ |
loading...

केही दिन अघि आएको हुरीबतासले यहाँको मङपु बिभागमा धेरै नै क्षति पुराएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.