इन्द्रबहादुर राई श्रधान्जली कार्यक्रम सम्पन्न

Tribute to Indra Bahadur Rai by mungpoo sahitya sansthan
मङपु साहित्य संस्थान र सिन्कोना निर्देशालयको तत्वधानमा सिन्कोना निर्देशालयको प्रेक्षागृहमा बुधबार अपरान्ह १ बजेदेखि इन्द्र बहादुर राई श्रधान्जली कार्यक्रम संस्थानका अध्यक्ष एके गुरुङको सभापतित्वमा सम्पन्न भयो | सभाको शुरुमा सभापति र मुख्य अतिथि समल कार्कीले आशन ग्रहण गरेपछि तिनकै हातबाट साहित्यकार इन्द्र बहादुर राईको तस्वीरमा माल्यार्पण गरे अनि यो प्रक्रियाको उपस्थिति सबैले पालन गरे | संस्थानका सचिव दीप थापाले स्वागत भाषण राखेपछि संस्थानका साहित्यिक स्रष्टा सुरेन्द्र थीङ अनि सुभद्र बम्जनले साहित्य महारथी इन्द्र बहादुर राईका कृतिहरु, साहित्यिक यात्रा अनि साहित्य सिधान्तमाथि प्रकाश पारे | तिनको निधनपछि राखिएको यस कार्यक्रममा श्रधान्जली स्वरूप दुई मिनटको मौन प्रार्थना पनि गरियो | इब्रालाई समर्पण गर्दै बिचकमानका डीपी चामलिंग, किरण किराठ, जगत राई, आशिषदीप राई, कर्मठ निवासी मिलन लामा “रोगो” ले सुन्दर कविताहरु पठन गरे अनि दार्जीलिंग निवासी केसाङ लामाले गीत प्रस्तुत गरेका थिए | इब्रामाथि सम्भाषणको क्रममा कन्सेप्ट ग्रुप मङपुका संयोजक किरण ब्लोन अनि सरस्वती माध्यमिक विधालयका भूतपुर्व शिक्षक दीपक भारतीले संस्थानले गरेका कार्य र दायित्वमाथि प्रशंसा गर्दै सुझावहरु पनि राखे | प्रमुख अतिथि समल कार्कीले मुख्य अतिथिको सम्भाषणमा संघले गर्दै आएको सकरात्मक कार्यमाथि प्रशंसा गर्दै आजको कार्यक्रम बारे सारगर्वित सम्भाषण राखेका थिए | कार्यक्रमको अन्तमा अध्यक्षीय सम्भाषणमा बोल्दै एके गुरुङले एउटा निबन्ध पनि पठन गरे साथै मङपुभित्र र बाहिरबाट आएका सम्पूर्ण अतिथिहरुलाई धन्यबाद पनि प्रकट गरेका छन् ||

मङपु साहित्य संस्थान र सिन्कोना निर्देशालयको तत्वधानमा सिन्कोना निर्देशालयको प्रेक्षागृहमा बुधबार अपरान्ह १ बजेदेखि इन्द्र बहादुर राई श्रधान्जली कार्यक्रम संस्थानका अध्यक्ष एके गुरुङको सभापतित्वमा सम्पन्न भयो |

Labels:
[blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.