मङपुमा विधालय प्रबन्ध समितिको चुनावमा शतप्रतिशत मोर्चाको दखल

School Managing Committee Election Mungpoo
मङपु क्षेत्रभरिका उच्चतर माध्यमिक विधालयहरुको प्रबन्ध समितिको चुनाव आज शान्तिपुर्वक सम्पन्न भयो | आज पर्यान्त निर्विरोध रुपमा कुनै राजनैतिक दलको दखलमा चल्दै आइरहेको प्रबन्ध चुनाव प्राय: २५ वर्षपछि पुन: अस्तित्वमा आएको छ | यहाँको हरेक उच्चतर माध्यमिक विधालयहरुमा अध्यनरत विधार्थीहरुको अभिभावकहरु मध्ये ६ जना अभिभावक प्रतिनिधिहरु चुनेर विधालय प्रबन्ध समिति संचालन हुने गरेको भएपनि यसपल्ट भने गोर्खा जनमुक्ति मोर्चालाई टक्कर दिंदै गोरामुमो पार्टीले पनि आफ्नो अभिभावक प्रतिनिधि खडा गरेको कारण चुनाव गराउनै पर्ने स्थिति अघि आएको थियो | मङपुको सरस्वती उच्चतर माध्यमिक विधालय अनि रङबी ज्ञानपीठ विधालयमा खुबै शान्तिपूर्ण ढंगमा सम्पन्न भएको चुनावमा पुलिस विभागको पनि सुरक्षा शृंखला सक्रिय थियो | आजको चुनावमा सरस्वती विधालयमा मोर्चाको पक्षबाट रतन छेत्री, उत्तम खवास, रन्जीत शर्मा, गणेश भट्टराई, सजित दर्जी अनि अबुल राई अभिभावक प्रतिनिधिको रुपमा नामांकन भरेर खडा थिए भने गोरामुमोको पक्षबाट विक्रम राई, गगन तामांग, कल्याण खवास, पवेन्द्र मंगर, प्रदीप राई अनि राजेश राईले नामांकन भरेका थिए | यसरी नै ज्ञानपीठ विधालयमा मोर्चा उम्मेदवारहरुमा एचडी मोक्तान, अमुल डुक्पा, सुजित तामांग, सचिन गुरुङ अनि बिश्वास राई थिए भने गोरामुमोबाट गौतम राई, संदेश ठकुरी, शिव कुमार ठकुरी अनि उदय राईले उम्मेद्वारिता दिएका थिए | एउटा परिवारको एकैजना अभिभावकले मात्र आफ्नो मत खसाल्न पाउने यस चुनावमा सरस्वती विधालयमा जम्मा ५०२ जना मतदाता रहेको भए पनि केवल २९९ वटा मत मात्र खसालियो जसमा ६ वटै सीट गोजमुमो उम्मेदवारले हत्याएको छ भने ज्ञानपीठ विधालयमा पनि शतप्रतिशत सीट गोजमुमो उम्मेदवारको झोलीमा परेको छ | निर्वाचित विजयी साथै पराजय उम्मेदवारहरुलाई सरस्वती उच्चतर माध्यमिक विधालय प्रधान अध्यापिका चन्द्रकला राईले बधाई दिंदै आज मङपु क्षेत्रको विधालयलाई सठीक तरिकाले संचालन गराउने सोंच राखेर यसरी चुनावमा उभिदिएकोमा अब हरेक विधार्थीका अभिभावकहरु सचेत बन्दै गइरहेको आशा प्रकट गरिन भने चुनाव अधिकारी घनश्याम राईले चुनावमा प्राप्त हरेक उम्मेदवारको जम्मा मत पठन गरेर सुनाएका थिए | यता जीतपछि मोर्चा केन्द्रिय समिति सदस्य मिरेन लामाले आज यसरी गोरामुमो पार्टीले पनि आफ्नो उम्मेदवार दिएर चुनावमा खडा हुनु भनेको गणतन्त्रलाई गोजमुमोले जिवीत राखेको ठोकुवा गर्दै अब विधालय अनि विधार्थीको विकाशको दिशातिर निर्वाचित उम्मेदवारले काम गर्ने बताए | यसको साथै मङपु विभाग स्थित सारधा विधालयमा चुनाव नहुनुको कारण त्यहाँका अभिभावकहरु धेरै नै सचेत रहेकोले मोर्चा अनि जीटीएको पक्षबाट विधालय निर्माणको निम्ति अघिदेखि नै सहुलियत पाइरहेकोले उक्त विधालयका अभिभावकवर्ग विधालय अनि विधार्थीको हितार्थ मोर्चा पक्षमा रहेको जनाए | यसरी नै मोर्चा मङपु लाब्दा समष्टि सभापति एडवार्ड लेप्चाले आफ्नो पार्टीबाट उठेका उम्मेदवारहरुको जीतमा हर्ष प्रकट गर्दै विधालय प्रबन्धको चुनाव मात्र होइन तर समष्टिमा आगमी दिनहरुमा हुने कुनै पनि चुनावमा मोर्चाकै दखल रहने बताएका छन् | अर्कोतिर गोरामुमो समष्टि सभापति कैलाश पाख्रीनले पनि आजको चुनावमा गोरामुमोले सहभागिता दिनु भनेको जीत हासिल गर्नु मात्र होइन तर यस क्षेत्रका विधालय संचालनमा आउने असुविधा अनि समस्याहरु प्रति गोरामुमो पनि चिन्तित साथै सचेत रहेको बताए भने अब गोरामुमोले अपोजिसन बेन्चबाट पनि विधालयको बिकाश साथै संचालनमा गिद्ध नजर राख्ने बताए ||

मङपु क्षेत्रभरिका उच्चतर माध्यमिक विधालयहरुको प्रबन्ध समितिको चुनाव आज शान्तिपुर्वक सम्पन्न भयो | आज पर्यान्त निर्विरोध रुपमा कुनै राजनैतिक दलको दखलमा चल्दै आइरहेको प्रबन्ध चुनाव प्राय: २५ वर्षपछि पुन: अस्तित्वमा आएको छ |

[blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.