मङपुमा फिजियोथेरापी सेन्टरको उद्घाटन

physiotherapy centre in mungpoo
गत बुद्धबार मङपु रेशेप बजार रोड स्थित गुरुङ बिल्डिङमा फिजियोथेरापी सेन्टरको उद्घाटन भयो | सागर तामांगको बाहुलीबाट उद्घाटन गरिएको उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मङपुका बरिष्ठ साहित्यकार तथा भूतपूर्व शिक्षक केबी गिरी, उपस्थित थिए भने अन्य अतिथिहरुमा अनित खाती, बीएस गुरुङ, शिवानी प्रधान, सरस्वती लोहार, ज्योतिन राई, बिमला रसाइली, दिलिप मुखिया आदि उपस्थित रहेका थिए | उद्घाटन गरिएको यस थेरापी सेन्टरका व्यवस्थापक अमित शाह हुन् भने फिजियोथेरापिष्ट अनिल घतानी हुन् | भारतको अहमदाबादबाट सम्बन्धित विषयमा डिप्लोमा गरेर आएका थेरापिस्ट अनिल खतानीले आफ्नो संक्षिप्तमा उक्त सेन्टरबारे उपस्थित सम्पूर्णलाई जानकारी गराएका थिए भने यस थेरापीसेन्टरमा विभिन्न तक्निकीय मशीनहरु पनि जडान गरिएकोले अब उसो मङपु अनि संलग्न क्षेत्रका विरामीहरुले सोझै आएर यस थेरापी सेन्टरको लाभ उठाउन सक्नेछन् ||

गत बुद्धबार मङपु रेशेप बजार रोड स्थित गुरुङ बिल्डिङमा फिजियोथेरापी सेन्टरको उद्घाटन भयो | सागर तामांगको बाहुलीबाट उद्घाटन गरिएको उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मङपुका बरिष्ठ साहित्यकार तथा भूतपूर्व शिक्षक केबी गिरी, उपस्थित थिए

Labels:
[blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.