सिन्कोनाको वेतन पाएकोमा आभार प्रकट

Cinchona plantation labour
निर्देशालय सिन्कोना अनि अन्य औषधीय पौधाहरुका सम्पूर्ण श्रमिकवर्गले विगत बन्द अवधिको सम्पूर्ण वेतन प्राप्त गर्न सके जसको निम्ति गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन “सिन्कोना प्लान्टेशन वकर्स युनियन” केन्द्रीय समितिले सो वेतन भुक्तान सम्बन्धि मौखिक अनि लिखित रुपमा सम्बन्धित निकायहरुको ढोका ढकढकाएको थियो साथै जीटीए बोर्ड अफ एडमिनिस्ट्रेशनका चेयरमेन, भाइस चेयरमेन संग पनि धेरै चोटि भेटवार्ता गरी उक्त बन्द अवधिको वेतन अविलम्ब भुक्तान गरिनपर्ने माग गरेको थियो | यस बन्द अवधिको वेतन भुक्तान भएकोले श्रमिकवर्ग बन्दको समयमा लागेको ऋणबाट केही हदसम्म मुक्त भएको अनि बिशेष गरी उक्त बन्द अवधि अवकाश ग्रहण गर्ने श्रमिकवर्गले आफुले भविष्य निधि कोषबाट पाउनपर्ने सम्पूर्ण सहुलियतहरु प्राप्त गर्न सहज भएको छ साथै श्रमिकवर्गमा यस वेतनले केही हदसम्म खुशीयाली ल्याएको छ | यसैले सम्पूर्ण सिन्कोना बगान श्रमिकवर्गको पक्षमा जीटीए बीओए चेयरमेन बिनय तामांग अनि भाइसचेयरमेन अनित थापा, जीटीए सेक्रेटोरियट लाल कोठीका कर्मचारीवर्ग, सिन्कोना निर्देशक डा० सामुयल राई, सम्पूर्ण व्यवस्थापकवर्ग अनि कर्मचारीवर्गमा बन्द अवधिको तीन महिनाको वेतन भुक्तान भए वापत सिन्कोना प्लान्टेशन वकर्स युनियन केन्द्रीय समिति हार्दिक धन्यबाद साथै आभार प्रकट गर्दछ भनी युनियन केन्द्रीय समिति मूल सचिव अमृत खड्काले एक विज्ञप्ति मार्फत जनाएको छ ||

निर्देशालय सिन्कोना अनि अन्य औषधीय पौधाहरुका सम्पूर्ण श्रमिकवर्गले विगत बन्द अवधिको सम्पूर्ण वेतन प्राप्त गर्न सके जसको निम्ति गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन “सिन्कोना प्लान्टेशन वकर्स युनियन” केन्द्रीय समितिले सो वेतन भुक्तान

[blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.