सिन्कोना श्रमिकवर्गको वेतन बढ्यो

Gagan Rai Miren Lama
पहाडको एकमात्र सरकारी उद्योग सिन्कोना बगानको श्रमिकवर्गको वेतन आधिकारिक रुपमा बढेको जानकारी प्राप्त भएको छ | १ जनवरी देखि ३० जुन सम्मको निम्ति सिन्कोना बगानका श्रमिकवर्गको दैनिक रोज बढेर दैनिक हाजिरा रुपियाँ २३० – ४० भएको छ जसको अर्डर संख्या ६६/stat/२RW/२४/९४/LCS/JLC/ Dt १/२/२०१८ हो | यो अर्डर केही दिन अघि नै आए पनि अर्डरमा सिन्कोना बगानका निम्ति होइन भन्ने भुल लेखिएकोले यसलाई लागु गर्न सिन्कोना अधिकारीवर्ग असमन्जसमा परिरहेका थिए र यस अर्डरमा सुधार गर्न सचिव पश्चिम बङ्गाल कहाँ पत्रचार गरेका थिए | यही कुरालाई सुधार गर्न एमएलए डा० रोहित शर्माले कलकता स्थित लेबर कमिशनसंग भेट गरि उक्त अर्डरआई सुधार गरी सिन्कोना श्रमिकवर्गको निम्ति छुट्टै अर्डर निकाली दिएका थिए | यसको निम्ति सम्पूर्ण सिन्कोना बगान श्रमिकवर्गको  सदैव आभारी रहनेछ | अब सिन्कोना अधिकारीवर्गले पनि यही आउने महिनादेखि उक्त बढेको दरमा मासिक वेतन रुपियाँ ६०९२ मोठ भुक्तान गरिदिन पर्नेछ भनी सिन्कोना प्लान्टेशन वकर्स युनियन जोडदार माग गर्दछ साथै जनवरी र फरवरी महिनाको रहल महंगी भत्ता पनि खामेर दिएको हुनपर्छ भनी युनियनका कार्यकारिणी सभापति गगन राई तथा गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सदस्य मिरेन लामाले जानकारी गराएका छन् ||

पहाडको एकमात्र सरकारी उद्योग सिन्कोना बगानको श्रमिकवर्गको वेतन आधिकारिक रुपमा बढेको जानकारी प्राप्त भएको छ | १ जनवरी देखि ३० जुन सम्मको निम्ति सिन्कोना बगानका श्रमिकवर्गको दैनिक रोज बढेर दैनिक हाजिरा रुपियाँ २३० – ४० भएको छ

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.