Trending Vids

सिन्कोना अनि कृषि बागवानी महोत्सवको पहिलो दिन सम्पन्न

Anit Thapa Dr Samuel Rai in Cinchona Krishi Bagwani Mahotsav Mungpoo
सिन्कोना अनि कृषि बागवानी समिति एवम निर्देशक सिन्कोना अनि अन्य औषधीय पौधाहरुको संयुक्त तत्वधानमा आयोजित सिन्कोना अनि कृषि बागवानी महोत्सव २०१८ को पहिलो दिन सिन्कोना निर्देशक डा० सामुयल राईको अध्यक्षतामा सम्पन्न भयो | कार्यक्रम गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए उपाध्यक्ष अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो जुन कार्यक्रमलाई सम्बोधन गर्दै  कार्यक्रम अध्यक्ष तथा निर्देशक सिन्कोना अनि अन्य औषधीय पौधाहरुका निर्देशक डा० सामुयल राईले यस तीन दिनसम्म चल्ने सिन्कोना अनि कृषि बागवानी महोत्सवलाई सिन्कोनाबासी साथै वरिपरीका बासिन्धाहरुले मेलाको रुपमा मात्र नलिएर यसबाट कृषि सम्बन्धि  केही उपाय अनि तकनिकीहरु सिकेर जाने शुभ अवसर रहेको बताए |  मैदानमा राखिएको विभिन्न सरकारी स्टलहरु जस्तै एग्रिकल्चर, हर्टिकल्चर , फ्लोरिकल्चर साथै प्राणी सम्पदा विभागहरु आदिबाट आफ्नो चुनित खेतीको बारे जानकारी लिएर लाभ उठाउने अपिल निर्देशकले गरेका थिए | महोत्सव अवधिभरी जुन खेतीमा इच्छुक छ त्यसै बारे सरस्वतती कन्या विधालय प्रांगणमा हरेक दिन सेमिनार चलिरहने भएकोले कृषि क्षेत्रमा इच्छुक महानुभाववर्गले सेमिनारको फाइदा उठाउन सक्ने जानकारी गराउंदै सुन्तला, अलैंची एपिकल्चर,मसरुम, मकै आदिको सेमिनार चल्ने थप जानकारी गराए | यसको साथै कृषि क्षेत्रका  विभिन्न सरकारी विभागहरुबाट पाउने सहुलियतहरु बारे पनि इच्छुक कृषक दाजुभाइहरुले जानकारी लिनसक्ने जनाए |
आजको कार्यक्रममा कालेबुंगबाट मेन्डारिन सुन्तला अनि अदुवा खेती रोग अनि किरा नियन्त्रणका डा० बीडी खर्गा कालेबुंग केभीके बिशेष रुपमा उपस्थित थिए भने कार्यक्रमका विशिष्ट अतिथि एनएचपीसी आइसी एसके अगरवाल रहेका थिए | पहिलो दिनको सिन्कोना अनि कृषि महोत्सवमा एग्रिकल्चर विभाग दार्जीलिंग, कृषि भूमि संरक्षण विभाग, सिंचाई विभाग, प्राणी सम्पदा विभाग जसले गृहपालित पशुधनहरुको निम्ति निशुल्क औषधिहरु उपलब्ध गराएका थिए, युबीकेभी कालेबुंग, स्वस्छ भारत अभियान, हर्टिकल्चर विभाग, एनएचपीसी स्वास्थ्य विभाग, मङपु जीसीपी अस्पताल, जीसीपी क्लिनिक, तक्दाह बीएचपीसी, इन्डिजिनस हर्बल हीलनेस, सरकारी सिन्कोना कारखानाका रिसर्च नर्सरी, सिम्बिडीयम अर्किड पार्क, ट्रपिकल अर्किड नर्सरी, रबर आदि विभागहरुको स्टलहरु उपलब्ध गराएर कृषक अनि कृषि क्षेत्रमा इच्छुक मानिसहरुलाई सहयोग गरिरहेका थिए |
कार्यक्रममा आयोजक समिति अध्यक्ष सुरेन्द्र थीङले स्वागत सम्भाषण राखेका थिए भने पहिलो दिनको कार्यक्रममा देशभक्ति गीत, किराती खम्बु राई सांस्कृतिक संस्थान, सेल्प हेल्प ग्रुप रोङचोङ, भाइस डान्स क्रिउ, सन्त एन्थोनी, मादले समुहबाट सुन्दर नृत्यहरु प्रस्तुत गरिएको थियो भने कार्यक्रममा सहभागिता जनाउने सम्पूर्ण कलाकारहरुलाई महोत्सव आयोजक समितिबाट स्मृति चिन्ह पनि भेट गरेका थिए | कार्यक्रममा सुचना एवम सांस्कृतिक विभाग दार्जीलिंगको जोशपूर्ण संगीतमय साँझ सम्पन्न भयो भने साँझ ४ बजे उताको समय चर्चित गीत कुटुमा कुटु सुपारी दानाका गायिका नेपालकी मेलिना राईको मन्त्रमुग्ध स्वरले गुन्जयमान भएको थियो |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB