सरकारले सुन्दर, शान्त दार्जीलिंगलाई कश्मीर नबनाओस भनेका छन् क्रामाकपा नेता गोविन्द छेत्रीले | तिनले राज्य सरकारमाथि आक्रोस देखाउंदै राज्य सरकारले पहाडमा घरि जीटीए घरि हिल एरिया डेभ्लोपमेन्ट बोर्ड गठन गर्दै पहाडबासीलाई भुलाउने कोशिश गरिरहेको छ तर यसरी जनाकांक्षा कहिल्यै नमर्ने बताएका छन् | तिनले जीटीए र हिल एरिया डेभ्लोपमेन्ट बोर्ड दुवै असंवैधानिक बताए | सरकारले पहाडमा नयाँ नयाँ बोर्ड गठन गरेर जनताको मनबाट गोर्खाल्याण्ड राज्यको मागलाई दबाउने कोशिश गरिरहेको आरोप लगाए भने क्रामाकपाले सरकारको यस्तो षड्यन्त्रलाई कुनै हालतमा पनि सफल हुननदिने बताएका छन् | पार्टीले यो मामिलालाई लिएर अन्तरराष्ट्रीय स्तरमा कुरा उठाउँदै गोर्खाल्याण्ड आन्दोलनलाई अझ विश्वव्यापी बनाउने छ, छेत्रीले अझ भने | तिनले आइतबार क्रामाकपाको कार्यकारी समितिको बैठकमा बोल्दै गत २४ नोभेम्बर दिल्लीमा गोर्खाल्याण्ड संघर्ष समितिद्वारा आयोजित मार्च कार्यक्रममा क्रामाकपा सदस्यहरुले खुबै सफल ढंगमा सहभागिता दिएको बताए जहाँ क्रामाकपा अध्यक्ष तथा पूर्व सांसद आरबी राई स्वयले पैदलयात्रा गर्दै गोर्खाल्याण्ड राज्यको मागमाथि आफ्नो अडान स्पष्ट पारेको बताए | छेत्रीले बताए अनुसार आगमी १५ दिसम्बर क्रामाकपाको २२ औं स्थापना दिवस रहेकोले क्रामाकपा कार्यकर्ताहरुले यस दिन धुमधामको साथ स्थापना दिवस पालन गर्ने जानकारी छ | तिनले नाम उचारण नगरी राज्य सरकारले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै आन्दोलन गर्नेहरुलाई आतंकवादी घोषणा गर्ने विभिन्न षड्यन्त्र रचिरहेको आरोप लगाउंदै बङ्गाल सरकारले आफ्नो कालो कानुन झट्ट भण्ड गर्ने पनि माग गरे ||