Trending Vids

बल्ल खोलियो मङपुको एटीएम

State Bank ATM Mungpoo Reshep Bazar
विगत तीन महिना भन्दा अधिक दिनदेखि बन्द रहेको मङपु रेसेप बजारमा अवस्थित स्टेट ब्यांकको एटीएम बल्ल संचालनमा आएको छ | विगत जुन महिनादेखि दार्जीलिंग पहाडभरि चलेको गोर्खाल्याण्ड आन्दोलन अनि अनिश्चितकालिन बन्ददेखि नखोलिएको एटीएम अघिल्लो हप्तादेखि तक्निकीय खराबीको मर्मति गरेपछि सम्बन्धित एटीएम मालिक पक्षले पैसा हालेर एटीएम सचल गराएको छ | मङपुमा भएको एकैवटा एटीएम पनि यसरी तीन महिना अधिक बन्द हुँदा मङपु सिन्कोनाबासी अनि बाहिरबाट आएका आगन्तुकहरुले जुन समस्या भोग्न परेको थियो त्यसको वर्णन गरेर साध्य छैन | यहाँका मानिसहरुले मङपु छोडेर दार्जीलिंग, कालेबुंग, रम्बी, टिस्टा, मल्ली अनि सिलिगुडीतिर गइ पैसा निकाल्न बाध्य बनेको तितो अनुभूति सबैलाई विधित छ | बिशेष असुविधा कहाँ देखिएको छ भने विगत केही वर्ष अघिदेखि मङपु सिन्कोना बगान मजदुर अनि कर्मचारीहरुको पनि हरेक महिनाको वेतन ब्यांक खातामा हालिदिने भएकोले वेतन खातामा पसेको दिनदेखि नै गरीब मजदुरहरुको निम्ति समस्या शुरु हुन्छ | यसैले आफ्नै बजारमा एटीएम नभएपछि महिनामा पाएको आधा वेतन खर्च गरेर पैसा निकाल्न जान पर्ने परिस्थिति खडा हुन्छ | धेरै लामो समयपछि एटीएम खोलिएकोले यहाँका सर्वसाधारणले केही राहत अनुभव गरेपनि एटीएम कति दिनसम्म सचल रहने हो त्यसको कुनै ग्यारेन्टी छैन | स्थानीय बजारबासीको भनाइ अनुसार एटीएम खोलिएदेखि यता हरेक दिननै मालिक पक्षले पैसा हालेको कारण उपभोक्ताहरुले चाहे जति पैसा निकाल्न पाइरहेको थाहा लागेको छ ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB