युवा मोर्चा नेता प्रियवर्धनको घरमा आगलागी

Priyavardhan Rai, GJYM leader house gutted into fire
Representational picture
गोर्खा जनमुक्ति युवा मोर्चा सचिव प्रियवर्धन राईको घरमा आगलागी भएको जानकारी प्राप्त भएको छ | सोमबार एकातिर  दार्जीलिंग शहरको बाटा नजिक नेहरू रोडमा लागेको आगोले आगोले कम्तिमा पनि छवटा पसलहरु जलेर खाक भएको थियो भने यसैदिन यता युवा मोर्चा सचिव राईको घरमा पनि आगजनीको घटना भएको थियो | बदमताम स्थित सचिव राईको घरमा आगजनी घटनाको समय घरमा कसैपनि नभएकोले व्यक्ति घायलको कुनै जानकारी प्राप्त भएको छैन | स्थानीय मानिसहरुको भनाइ अनुसार आग्निकाण्डको सुचना सम्बन्धित विभागलाई दिएको भएपनि अन्तसम्म कुनै सहयोग पाइएन | यसैले स्थानीय वरिपरिकाहरुले आगो निभाउने सक्दो प्रयास गरेका थिए | घटनाबारे विभिन्न अड्कल बाजी शुरु भएपनि आगलागीको कारण अझसम्म पुष्टि हुन सकेको छैन |

सन्दर्भमा, तिनी गोजमुमो सुप्रिमो बिमल गुरुङ समर्थक रहेको कारण सोमबार मात्र बिमल गुरुङ, रोशन गिरी, आशा गुरुङ लगायत अन्य १६ जना बिमलपन्थी मोर्चा नेताहरुलाई गोजमुमो बिनय तामांग गुटले छ महिनाको निम्ति पार्टीबाट निलम्बित गरिएको छ |

एकातिर सोमबारकै दिन देशको उच्च न्यायालयले बिमल गुरुङलाई अघिल्लो सुनवाई नभएसम्म पुलिस प्रशासनले पक्राउ गर्न नसक्ने स्टे अर्डर जारी गरेको खुशीमा बिमल समर्थकहरुले पहाडभरि पटेका पड्काएर खुशीयाली मनाएका थिए भने यसै खेमाका नेता प्रियवर्धन राईको घरमा आगजनी हुनमा राजनैतिक षड्यन्त्र नै हुनसक्ने अड्कलबाजीको शुत्रपात पनि भएको छ ||

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB