यसरी बनाउने भयो मोर्चाको नयाँ अध्यक्ष

Gorkha Janmukti Morcha
अन्तत: गोर्खा जनमुक्ति मोर्चाको कमाण्ड कसले सम्हाल्ने भन्ने प्रश्नको चाडै पर्दाफास हुने जानकारी प्राप्त छ | आगमी २० नोभेम्बरको दिन गोजमुमो केन्द्रीय समितिको बैठक घुमको स्टरलिङ होटलमा हुने भएको छ | गोजमुमो प्रमुख सलाहकार एलएम लामाले भनेका छन् कि मोर्चाका चार प्रमुख नेताहरु डीके प्रधान, पिटी ओला, तिलकचन्द्र रोका तथा हेमन्त गौतम हालमा जेलमा बन्धित छन् अनि अन्य विभिन्न मुद्दामा परेका छन् | तिनले गोजमुमो पुरानो समितिका सबै नेताहरुलाई गणतान्त्रिक ढाँचामा अघि बढ्ने नेता बिनय तामांग र अनित थापा माथि बिश्वास गर्दै समर्थन गर्ने अपिल गरेका छन् | तिनले सबै नयाँ पुराना नेताहरुलाई सभामा निमन्त्रणा दिने जानकारी दिंदै अब गोजमुमोको कमाण्ड कसले सम्हाल्ने हुन् त्यो बैठकले नै निर्णय लिने पनि बताए |
आज अल ट्रान्सपोर्ट संयुक्त एक्सन समितिको केन्द्रीय समिति गठन यहाँको जीडीएनएस हलमा हुने कार्यक्रम रहेको छ भने यस संगठनले अगावै बिनय तामांग गुटलाई समर्थनको घोषणा गरेको छ | पहिले पनि यो संगठन मोर्चाको महत्वपूर्ण संगठनहरुमा एक थियो || 

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB