जीर्ण अवस्थाको हद पार गर्दैछ मङपुको सरकारी अस्पतालले

Bad condition of Mungpoo Cinchona Hospital
शिक्षा र साहित्यको उर्वर भूमि भनेर दुनियाँले चिनिने मङपुमा शिक्षा र स्वास्थ्य जस्तो प्राथमिक विषयमा नै धेरै खेलाइंची हुँदै आइरहेको छ | मङपु सिन्कोना बगानको एकमात्र सरकारी अस्पताल जहाँ ५० हजार भन्दा अधिक सिन्कोनाबासी अनि गरीब सिन्कोना बगान मजदुर – कर्मचारीहरुको उपचार गर्नलाई अंग्रेजको पालामा बनिएको अस्पतालको बर्तमान अवस्था जीर्णदेखि पनि हद पार गरिसकेको छ | हरेक वार्डको खिड्की अनि दैलोको ऐनाहरु फुटेर चिसो सिरेटोमा बिरामीहरुको अवस्था घरमा भन्दा बडी नाजुक छ | ऐना फुट्न मात्र होइन तर यसको पल्लाहरु मक्किएर ऐना अडिनसम्म नसक्ने अवस्था देखा परेको छ | बिरामीहरुले आफै घरबाट ब्ल्यांकेट अनि पानी कागज ल्याएर खिड्की बारेर बसेको स्पष्ट देख्न सकिन्छ | अंग्रेजको पालोमा बनिएको अस्पतालले राम्रो मर्मति नपाएर सिलिङहरु मक्किएको, सिमेन्टले बनिएको भित्ताहरु उप्किएर खण्डहर भनौ या भूतिया बङलो जस्तो देखिन्छ | अस्पतालको आधा हिस्सा धेरै वर्ष अघिदेखिनै भित्ताहरु झरेर काम नलाग्ने गोदामको रुपमा चलिरहेको छ भने बाँकी रहेको भागको पनि अवस्था एकदमै सोंचनीय छ | विरामी कक्षासंग जोडिएका सौचालयहरु सबै प्राय: ६ इन्च जति सरेको कारण सौचालयको दुर्गन्ध सिधै बिरामी कक्षा साथै नर्सहरुको कोठासम्म पस्ने भएकोले नर्सहरुले पुरानो लुगाले ती फाँकाहरुलाई बुच्चाएर बसिरहेको पाइएको छ | सौचालयमा न कुनै चुक्कुल र पानीका पाइपहरुको अवस्था ठीक छ न नै बिरामी कोठामा जडित बिध्युतका वाइरिङहरु | यहाँसम्म कि बिरामी कोठामा केवल एउटा धरि फाइब पीन सकेट नरहेको कारण बिरामीहरुको मोबाइल चार्ज गर्न या अन्य कुनै इलेक्ट्रोनिक उपकरण चलाउन असुविधा भएकोले एक जना व्यक्तिले एउटा फाइब पिन सकेट र स्विच आफ्नो पक्षबाट दान गरेको एउटा कागजमा लेखेर टाँसेको पाइएको छ | यस्तैमा एक बिरामीले बताए अनुसार तिनी पहिलोपल्ट बिरामी भएर आउंदा बिजुलीको बल्ब नभएकोले घरबाटै एउटा एलइडी बल्ब ल्याएर बालेको अनि जाति भएर घर फर्काएर लागेको बताए | अस्पतालमा जडान गरिएको बिजुली लाइनको अवस्था पनि उस्तै छ जो यहाँको सिन्कोना कारखानाबाट ल्याएको हुनाले बेलुका भएपछि दागमात्र बाल्ने अनि बारबार काटिने जानकारी प्राप्त छ भने नर्सहरुले रातीको समय मोमबत्ती बालेर बिरामीहरुको सेवा गर्दै आइरहेको पनि बताएका छन् | बिरामी कक्षा छोडेर नर्स र सिस्टरहरु बस्ने कोठामा पनि बर्खाको समय कोठा भित्रै छाता ओडेर बस्न पर्ने अवस्था हुने बताएको छ जहाँ छाना चुहेर कोठाभरि जलमग्न हुने गर्छ | सिलिङमा टाँसिएको टेप, र ससाना लुगाको टुक्राहरु झुण्डाएको आश्चर्यजनक दृश्य बारे बुझ्न चाहँदा पानी जतासुकै नचुहोस भन्न हेतु नर्सहरुले एकैठाउँ पानी चुहाएर बाल्टी थाप्नलाई यसो गरेको बताएका छन् | हरेक मेल र फिमेल वार्डहरुमा भाँचिएको र खिया परेको पलङहरु देख्दा यहाँ बिरामी निको होइन उल्टा अझ बिरामी हुने हरेकले अनुमान लगाउन सक्छ | यतिमात्र नरहेर अस्पतालको डाक्टर बस्ने क्वाटरको हाल अझ दोब्बर खराब छ | काठको भित्ताहरु धमिराले खाएर प्वाँलहरु परेको कारण डाक्टर स्वयले चिसो हावा छल्न खबर कागजहरु भित्ताभरि टाँसिएको देखिएको छ | यस क्वाटरको पानी छानो चुहुने भएर बर्खामा हरेक कोठा जल माग्न हुने साथै डाक्टरको निजी उपकरणहरु पनि धेरै पल्ट पानी चुहेर बिग्रिएको बताएको छ | अस्पतालको यस्तो अवस्थाबारे यहाँको डाक्टर सुरज गुरुङसित जान्न चाहँदा तिनले सिन्कोना व्यवस्थापनमा धरैपल्ट लिखित निवेदन गरेको साथै व्यवस्थापक कार्यलयका केही अधिकारीहरुलाई बोलाएर निरीक्षण गर्न लगाइ लिखित निवेदन गर्दा पनि आजसम्म केही सहयोग नपाएको दु:खेसो पोखेका छन् | तिनले बताए अनुसार सिन्कोनाको पुर्व निर्देशकले आफ्नो कार्यकालमा अस्पतालको निम्ति ठुलो जेनेरेटर, सोलार, अक्सिजन अनि अन्य स्वास्थ्य सम्बन्धि उपकरणहरु, कम्प्युटर, एकजना क्लर्क दिए पनि हालमा त्यो जेनेरेटर फेरि निर्देशक बङलोमा लगेर अर्को जेनेरेटर ल्याएइदिएको तर यसको निम्ति पनि तेलको व्यवस्था नभएको साथै अस्पतालमा लालटिनको निम्ति धरि मट्टीतेल उपलब्ध नगराएको साथै एकजना क्लर्क भएको पनि फेरि निर्देशक कार्यलयमा नै लागिएको गुनासो पोखेका छन् | यस अस्पतालमा भने जस्तो सुविधा नभएको कारण स्थानीय मानिसहरु बिरामी परेको खण्डमा राति हुँदो कालेबुङ, दार्जीलिंग र सिलिगुडी कुदाउन पर्ने बाध्यता सबैले भोग्दै आइरहेका छन् | अंग्रेजको पालामा बनिएको पुरानो अस्पताल अब मर्मति गर्न नमिल्ने अवास्थामा पुगिसकेकोले नयाँ अस्पताल बनाउन नै यसको बिकल्प देखिन्छ | बाँकी काठले बनिएका क्वाटरहरुलाई सिन्कोनाको हरेक विभागहरुमा वर्षेनी काटिने काठहरुले मर्मति गर्न सक्ने भएपनि आजसम्म यसो हुनसकेको छैन | साथसाथै यसको वारिपरि भएका अस्पताल क्वाटरहरुमा वर्षौंदेखि स्थानीय मानिसहरुले कब्जा जमाएर बसेको पाइएको छ भने सिन्कोना निर्देशालयले किन आजसम्म ती क्वाटरहरुलाई खाली गर्न सकेका छैनन् सिन्कोनाबासीले सोध्न पर्ने समय आइसकेको छ | सन्दर्भमा, सिन्कोना बगान अधिनस्थ यस अस्पतालको अवस्था यस्तो हुनमा सिन्कोना निर्देशालय, सिन्कोना व्यवस्थापनको साथ साथै हरेक सिन्कोनाबासी त्यत्तिकै जिम्मेवार देखिन्छ | यस अस्पतालमा केही वर्षको निम्ति आउने डाक्टरहरुले निजि खर्चमा अस्पतालको सुधार ल्याउन चाहेपनि ती पाहुना डाक्टरहरुलाई सिन्कोना अनि स्थानीय बसिन्धाहरुबाट भने जस्तो सहयोग नपाएको सबैलाई थाहा भएको कुरो हो | के यो अस्पताल ती डाक्टरहरुका सम्पति हुन् ? अस्पताल सुधारको निम्ति आजसम्म यहाँका कुनै संघ – संस्था लगायत राजनैतिक दलहरु किन अघि आउँदैनन् ?अंग्रेजको पालोदेखि सिन्कोनाको अधिनमा रहिआएको यस अस्पतालको छुट्टै बजेट आउछ भने त्यो बजेट यतिका वर्षसम्म कता जाँदैछ ? अफ्ठ्यारो प्रश्न सम्पूर्ण मङपुबासीको निम्ति सोंच्न पर्ने विषय हो | सिन्कोना बगानमा बस्ने गरिबी रेखा मुनिदेखिका जनता लगायत हरेकलाई साधारण बिमार निको पार्न त्यस्ताक बनिएको अस्पताल यदि आज पनि सुव्यवस्थित भए मङपुबासीले धेरै खर्च गरेर शहरका महँगो नर्सिङ होमतिर कुद्न पर्दैन | अस्पताल सम्पूर्ण मङपुबासीको सम्पति हो र यसलाई संरक्षण साथै सुव्यवस्थित बनाउन हरेकको दायित्व बन्ने हुनाले यसतर्फ पहल गर्न अब मङपुका सम्पूर्ण संघ संस्था, एनजीओ लगायत राजनैतिक दलहरुले सम्बन्धित अधिकारीहरुलाई झकझकाउन नसके अस्पतालको अस्तित्व आजदेखि नै खतरामा परेको स्पष्ट देख्न सकिन्छ ||
Comments

शिक्षा र साहित्यको उर्वर भूमि भनेर दुनियाँले चिनिने मङपुमा शिक्षा र स्वास्थ्य जस्तो प्राथमिक विषयमा नै धेरै खेलाइंची हुँदै आइरहेको छ | मङपु सिन्कोना बगानको एकमात्र सरकारी अस्पताल जहाँ ५० हजार भन्दा

Post a Comment

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.