Trending Vids

हिल महिला तृणमूल कग्रेस मङपु युनिटको कार्यलय उद्घाटन

Trinamool Mahila congress office in mungpoo
आज बुद्ध पुर्णिमाको पावन अवसरमा हिल महिला तृणमूल कांग्रेस मङपु युनिटको कार्यलय रेशेप बजारमा उद्घाटन गरियो | हिल महिला तृणमूल कांग्रेसको जिल्ला समिति महासचिवा रेजिना गुरुङको सभापतित्वमा दिप प्रजव्लन गरि कार्यक्रम शुरु गरियो | कार्यक्रममा हिल सिन्कोना प्लान्टेशन वकर्स युनियनका सचिव किरण ब्लोन, रङली रङलियट खण्ड सचिव पवन बल, सहसचिव बीएस राई आदिको उपस्थिति रहेको थियो | मङपु क्षेत्रका विविध समस्याहरुलाई महिला संगठनले पनि समाधान गर्ने प्रतिवध्ता गर्दै उपस्थित महिलावर्गलाई एकजुट भइ संगठन मजबुत पार्दै लानु पर्ने आह्वान सभापतिले गरे | कार्यक्रमलाई हिल सिन्कोना प्लान्टेशन वकर्स युनियन सचिव किरण ब्लोनले संचालन गरेका थिए भने सोही सभामा रेशेप बजार निवासी बयोवृद्दा हिस्से आमालाई खादा अर्पण गर्दै सम्मान जनाइयो ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB