Trending Vids

देवी पुजा संगै मन्दिर उद्घाटन

Devi puja at jogighat
नवरात्रीको शुभ मुहुर्त पारेर जोगीघाट नजिक कैजल बोट परिसरमा देवी पुजा सम्पन्न भएको छ | रियाङटार कैंजले देवी पुजा समितिको आयोजनमा गत शनिबार देवी माताको लामा, त्रान्त्रिक साथै ब्राह्मण द्वारा भब्य पुजा अर्चना भयो | पुर्खौंदेखिको यस क्षेत्रमा त्रान्त्रिकहरुले देवीथान, नागथान छ भन्ने गर्थे भने कतिले यस क्षेत्रमा साक्षात नाग, अजिंगर आदि भेटेको किम्वदन्तीहरु पनि सुन्न पाइन्छ | यसैले यस क्षेत्रलाई पवित्र मान्दै समितिले हरेक वर्ष भब्य देवी पुजा आयोजन गर्ने गर्छ | यहाँ आयोजित पुजामा लाब्दा विभागबासी लगायत बगानका ग्याङमेन, कार्यलय कर्मचारी साथै गाउँका बरिष्ठ व्यक्तिहरुको पनि सहभागिता रहेको थियो जहाँ विभागीय ग्याङमेन एमबी रसाइलीले पुजा गर्नुको औचित्य बताएका थिए | यसै देवी पुजाको शुभ अवसर पारेर यही क्षेत्रमा लाब्दा विभागबासी मणिराज थापाले निजी खर्चमा एउटा देवी मन्दिर निर्माण गरि ब्राह्मण द्वारा पुजा पाठ गरी सार्वजनिक देवी मन्दिरको उद्घाटन गरेको छ | घरको सुख, शान्ति साथै सर्व प्राणीहितको निम्ति यस सार्वजनिक देवी मन्दीर निर्माण गरेको जानकारी मणिराज थापाले दिएको छ ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB