टीएमसी ट्रेड युनियनको आलोचना सभा

TMC trade union
सिन्कोना बगान मङपुमा बर्तमान परिस्थित र सिन्कोना कार्य पध्वतिको विचलन माथि बहस गर्दै दार्जीलिंग सिन्कोना बगान वकर्स युनियनको आलोचना सभा सम्पन्न भयो | टीएमसी पार्टी मङपु स्तरीय सभापति केएस छेत्रीको सभापतित्वमा सम्पन्न सभामा युनियन प्रतिनिधि, पार्टी प्रतिनिधि, नारी एकाईका प्रतिनिधि, युवा एकाईका प्रतिनिधिवर्ग उपस्थित रहँदै सिन्कोना बगानमा बर्तमान भइरहेको कार्य प्रणाली, राजनैतिक अराजकता, श्रमिकहरुका हक र अधिकार सम्बन्धमा बहस गर्दै ट्रेड युनियनले कडा आलोचना गरेको छ | सभामा सहभागी शाखाका ट्रेड युनियनहरुले आफ्नो विभागहरुमा प्रशासनिक तौरमा आन्तरिक मनोपली भइरहेको बताएका छन् साथै उक्त आलोचना सभामा बर्तमान सिन्कोना बगानमा कार्य गरिरहेका दस दिने अनि बीस दिने श्रमिकहरुका समस्या उठान गर्दै सिन्कोना निर्देशकसित भेट गर्ने निचोड लिएका छन् | सभामा स्वतन्त्र बिचार राख्न पाइने प्रक्रियामा राजनैतिक लोलोपतोमा लागेर बगानमा हल्का काम माग्ने, काममा हिडेको दिनदेखि नै अफिस र अधिकारीहरुका सहायक बनेकाहरुका पनि खुलेरै आलोचना भए | सिन्कोना बगानको कार्यप्रणालीमा देखा परेको मनोपली, विचलन अनि भ्रष्टचारले स्थान पाएको छ भन्दै टीएमसी पार्टी कार्यकर्ता, ट्रेड युनियन कार्यकर्ता र सम्पूर्ण प्रतिनिधिले बगानमा लोकतान्त्रिक ढाँचामा काम हुनपर्ने बहस गरेको छ | साथै श्रमिकहरुका पदोन्नति सम्बन्धमा ट्रेड युनियन टोलीले मिरिक पुगेर दार्जीलिंग हिल तृणमूल कांग्रेसका जिल्ला स्तरीय नेता अनि मन्त्री अरुप विश्वास अनि मुख्यमन्त्रीलाई ज्ञापन पत्र चडाएको पनि चर्चा भयो | पदोन्नति सम्बन्धमा विगतमा भएको अवैध प्रणालीलाई ध्यानमा राखेर सिनियरको आधारमा पदोन्नति हुनपर्ने बहस गरिएको छ अनि पदोन्नतिबारे सिनियरहरुका सुची सार्वजनिक गर्न सिन्कोना निर्देशकलाई भेट गर्ने सभाले पारित गरेको छ |
आलोचना सभामा सिन्कोना बगानबारे मात्र होइन पार्टी संचालन, युनियन संचालन बारे पनि एकल निर्णय नगरेर लोकतान्त्रिक ढाँचामा पार्टी र युनियन चल्नुपर्ने छलफल गरिएको छ | बर्तमान टीएमसी पार्टी चरम गतिमा बिस्तार हुँदै आइरहेको छ | पार्टीलाई वैधानिक रुपले समर्थन गर्नेहरुको संख्या भन्दा पनि सहमति जनाए जस्तो गरेर आफ्नो स्वार्थ पुरा गर्नेहरु बारे पनि सभाले आलोचना गरे \ पार्टी क्याडर हुन अघि नै पहिला आफ्नो स्वार्थ पुरा गर्नेहरुबाट पार्टीका जिल्ला स्तरीय नेता र क्षेत्रीय प्रतिनिधिहरु होसियार रहनु पर्ने बहस गरियो भने सभामा महिला एकाइका जिल्ला सचिव रेजिना गुरुङ, युनियनका जिल्ला कार्यकारिणी सभापति किरण ब्लोन, तक्दाह ब्लक सचिव पवन बल लगायत अन्य पार्टी प्रतिनिधिहरु उपस्थित रहेका थिए ||

सिन्कोना बगान मङपुमा बर्तमान परिस्थित र सिन्कोना कार्य पध्वतिको विचलन माथि बहस गर्दै दार्जीलिंग सिन्कोना बगान वकर्स युनियनको आलोचना सभा सम्पन्न भयो | टीएमसी पार्टी मङपु स्तरीय सभापति केएस छेत्रीको सभापतित्वमा सम्पन्न सभामा युनियन प्रतिनिधि, पार्टी प्रतिनिधि,

Post a Comment

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.