मङपु विभागमा सिजनल लेबर संगठन गठन

Seasonal labour mungpoo division
लाब्दा विभाग सिजनल लेबर संगठन गठन गरिएको एक हप्ता नबित्दै सिन्कोनाको मङपु विभाग अधिनस्थ सिजनल लेबर दस दिने अनि बीस दिनेको एक आकस्मिक सभा स्थानीय प्राथमिक पाठशालामा आमोश राईको अध्यक्षतामा बसी एउटा सिजनल लेबरको अराजनैतिक संगठन गठन गरियो | बिशेष गरेर बर्तमान समय सिन्कोनाको सिजनल लेबर माथि आएको समस्यालाई मध्य नजर गरी हरेक सिन्कोना विभागका सिजनल लेबरहरुको अराजनैतिक संगठन गठन गर्दै एउटा महासंगठन तयार गरि अस्थायी मजदुरहरुको हक र अधिकारको निम्ति संगठित भइ झट्टै स्थायीकरणको माग गर्ने निधो गरिएकोले प्रत्येक सिन्कोना विभागहरुमा अस्थायी मजदुरहरुको संगठन बनाउने कार्य चलिरहेको छ | कतिपय विभागहरुमा पहिलेबाटै संगठन तयार गरिएको छ भने आगमी दिनमा प्रत्येक विभागका संगठन प्रतिनिधिहरुलाई लिएर सभा बसी महासंगठन खडा गर्ने योजना रहेको छ भने त्यस महासंगठनले आफुहरुको स्थायीकरणको माग संगै आजपर्यान्त आन्दोलित सहायक संगठनको मागलाई पनि समर्थन जनाउदै सहयोग गर्ने भएको छ | सहायक संगठनको पदोन्नतिपछि नै अस्थायी मजदुरहरुलाई स्थायी गर्न सकिने हुनाले सहायकहरुको  पदोन्नति पनि उत्तिकै महत्वपूर्ण रहेको छ |
मनीष थापा मंगर द्वारा संचालित सभालाई सम्बोधन गर्दै अस्थायी मजदुर संजय बान्तवा राईले सिन्कोनाको कन्भेन्सनल रुल अनुसार बाजे बराजुदेखिनै लिएर आएको काम भोलिको दिनमा ठप्प भए हाम्रो अनि भावी पिडीहरुको अवस्था के हुनेछ यसर्थ यो पहल ढिलै भएपनि सही भएको र यसको निम्ति उचित पाइला चाल्न पर्ने मन्तव्य पोखे | यही क्रममा हामी एकजुट भइ अघि बढ्ने अनि स्थायीकरणको निम्ति रयाली र आमरण भोक हड्ताल बस्ने परे पनि हामी पछाडी सर्नु हुँदैन भनि योगेन लेप्चाले जनाए | सिन्कोना बगान पिता पुर्खाले खुन पसिना बगाएर चलिआएको हाम्रो पैत्रिक सम्पति हो र यसको सुरक्षाको खातिर पनि हामीले पहल गर्नुपर्छ भनि आनन्द राईले बताए | यसै सन्दर्भमा प्रवेश राईले सिजनल लेबरलाई चारैतिरबाट भिक्टिमाइज भएको छ यसर्थ हामी हाम्रो स्थायीकरणको निम्ति जुनै ढोका पनि ढकढकाउन पर्यो भने पनि हामी तयार छौँ भनी जनाए |
आज गठन गरिएको अराजनैतिक संगठनमा सभापति मनिष थापा मंगर, उपसभापति आनन्द राई, सचिव संजय राई बान्तवा, सहसचिव प्रवेश गुरुङ, कोषाध्यक्ष संगीता राईलाई चयन गरियो भने चौबीस जना सदस्यहरुलाई कार्यकारिणी सदस्यको रुपमा चयन गरिएको छ ||  

लाब्दा विभाग सिजनल लेबर संगठन गठन गरिएको एक हप्ता नबित्दै सिन्कोनाको मङपु विभाग अधिनस्थ सिजनल लेबर दस दिने अनि बीस दिनेको एक आकस्मिक सभा स्थानीय प्राथमिक पाठशालामा आमोश

Post a Comment

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.