Trending Vids

सहकारी ब्यांक मङपु शाखा द्वारा सचेतना कार्यक्रम

Digital Financial Literacy Awareness programme by Co Operative Bank Mungpoo
देशको प्रधानमन्त्री नरेन्द्र मोदीले बारबार डिजिटल इण्डिया र क्यासलेस इकोनोमीको कुरा गर्दै देशलाई हाइटेक बनाउने सोंच राखेपछि यही विषयलाई साधारण जनताको मन मस्तिष्कसम्म पुराइ कार्यरुपमा ल्याउन गाह्रो पर्ने स्थितिलाई हालमा देश भरि विभिन्न ब्यांकहरुको सचेतना कार्यक्रमको माध्यमबाट जनताको अन्योलतालाई तोड्ने काम भइरहेको छ | यही सन्दर्भमा यहाँ मङपुमा पनि केही महिना अघि मात्र निर्मित कोओपरेटिव ब्यांकको शाखाले नाबार्डसंगको संयुक्त तत्वधानमा आज दोश्रो चोटि मङपु क्षेत्रभरिका विभिन्न विधालयका विधार्थीहरुलाई लिएर डिजिटल फाइनेन्सीयल लिटरेसी अवेरनेस प्रोग्राम सम्पन्न गरेको छ | गाउँ बस्तीतिर प्राय: जसो अभिभावकहरु अल्प शिक्षित अनि अशिक्षित हुने गरेकोले विधार्थीहरुको माध्यमबाट यस्तो सचेतना अभिभावकसम्म पुराउन धेरै सहज हुने भएकोले नै विधार्थीहरुलाई लिएर यस्तो सचेतना कार्यक्रम गरेको बुझिन्छ | सहकारी ब्यांक मङपु शाखा व्यवस्थापक उमेश ठकुरीले संचालन गरेको कार्यक्रममा नाबार्ड पक्षबाट डा० दिवास्कर छेत्रीले क्यासलेस ट्रानजेक्शन सम्बन्धि प्रोजेक्टरमा सान्दर्भिक भिडियो देखाउंदै विधार्थीहरुलाई खुबै सरल ढंगमा जानकारी गराएका थिए | क्यासलेस ट्रानजेक्शन धेरै नै सजिलो, सुरक्षित र वैध भएको बताउँदै उनले यसै सम्बन्धि एटीएम, *99#, अधारकार्ड अनि माइक्रो एटीएमको माध्यमबाट गरिने ट्रानजेक्शनको तरिका साथै यसको सतर्कता बारे नानीहरुलाई जानकारी गराए भने यी माध्यमहरुबाट भुक्तान गर्न आफ्नो ब्यांकको खातासित आधारकार्ड र मोबाइल नम्बर जोड़ाउन अनिवार्य रहेको पनि जनाए | कार्यक्रममा डा० छेत्रीले विधार्थीहरुलाई बजत कसरी गर्ने, इन्टरनेटको सदुपयोग कसरी गर्ने जस्ता महत कुरोको पनि थप जानकारी दिएका थिए | कार्यक्रममा मुख्य अतिथिको रुपमा दार्जीलिंग गभर्मेन्ट हाइस्कूलका एलुमिनी महासचिव ज्योतिकर छेत्री, नाबार्डबाट समिका गुरुङ, लतिका सुब्बा लगायत सहकारी ब्यांक मङपु शाखाका कर्मचारी साथै मङपु क्षेत्रका सारधा उच्चतर विधालय, ज्ञानपीठ विधालय, गुड स्टार्ट एकाडेमी, लाब्दा एमएसके अनि अगमसिंह गिरी विधालयका विधार्थीहरु साथै शिक्षकहरुको पनि उपस्थिति रहेको थियो | अन्तमा ब्यांक व्यवस्थापक उमेश ठकुरीले सम्पूर्ण विधालयका विधार्थी साथै प्रधानअध्यापक अनि शिक्षकहरु प्रति आभार प्रकट गरेका छन् ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB