मोर्चा कर्मचारी संगठन पुनर्गठन, १५ दिन भित्रमा सिन्कोनाको पदोन्नति प्रक्रिया हुने

Janmukti Karmachari sangathan meeting
गत ९ फरवरी बिहिबारको दिन स्थानीय रोय बङलोमा जनमुक्ति कर्मचारी संगठन मङपु जोनको महत्वपूर्ण सभा संगठनकै उपसभापति एनके जैशीको अध्यक्षतामा सम्पन्न भयो | सभामा क्षेत्रीय सभासद एवम कार्यकारिणी सभासद बन विभाग रतन कुमार थापा, गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि सभापति उर्गेन शेर्पा, मूल सचिव रतन लामा, कानुनी सलाहकार राम पोख्रेल, कोषाध्यक्ष भूपाल मोक्तान, युवा मोर्चा समष्टि कमिटि मूल सचिव बिज्ञेन मिश्र आदिको बिशेष रुपमा उपस्थिति रहेको थियो | सभाको शुरुमै जनमुक्ति कर्मचारी संगठनका मूल सचिव प्रेम शेर्पाले स्वागत सम्बोधन राख्दै संगठनको विगठन अनि जकसको पुनर्गठननै सभाको मूल विषय रहेको सबैलाई अव्गात गराए | सम्बोधनको क्रममा समष्टि कमिटि मूल सचिव रतन लामाले विगतमा गोजमुमो पार्टी र जनमुक्ति कर्मचारी संगठनको संयुक्त पहलमा ३२ जनालाई सिन्कोना कार्यलय सहायकको पदोन्नति गराउन सक्षम भएको र ती ३२ जना संगठन प्रति अनुगृहित नरहेकोमा दु:ख व्यक्त गरे साथै १० वर्ष नपुगेका स्टाफहरुको पेन्सन दिलाउनमा गर्नु परेको संघर्ष र मोर्चाको सफलतालाई संक्षिप्तमा जनाए | आफ्नो सम्बोधनलाई अघि राख्दै लामाले हालै सिन्कोनाका निर्देशकलाई समष्टि कमिटिका प्रतिनिधिले भेट गरेको र उक्त भेटको विषय र सार्थकता चाडै सार्वजनिक हुने सभालाई जानकारी गराए | सभाम बिशेष रुपमा उपस्थित रहने सभासद रतन कुमार थापाले गोजमुमोको आन्दोलन शुरुदेखि सिन्कोना बगानको समस्या र यसमा आश्रित दैनिक मजदुर र कर्मचारीवर्गको समस्याको समाधान पार्टी र भात्री संगठनको पहलमा भएको स्पष्ट कुरा राखे | विगतमा जसरी मिलेर काम गरेको र विविध समस्याको समाधान संगठन र पार्टीको प्रयासमा सफल भएको दावी गर्दै आगमी दिनहरुमा पनि उसरी नै पार्टीसित तालमेल गरेर अघि बढ्ने संगठनलाई सुझाउ राखे | आगमी १५ दिन भित्रमा मोर्चाको पहलको फलस्वरूप धेरै वर्षदेखि थाँतीमा रहेको सिन्कोनामा गरिनुपर्ने पदोन्नति अविलम्ब हुनेछ भन्दै व्यवस्थापनले यसलाई यथाशिघ्र कार्यरुपमा परिणत गर्ने सभामा प्रकाश पार्दै विपक्षी पार्टीका कतिपय नेतृत्वले श्रेय लिने कोशिश गर्दै गन्तीघरतिर कराएकोमा रोष प्रकट गर्दै मोर्चा बाहेक अन्य कसैले पनि सिन्कोनाको समस्याको समाधान गर्न नसक्ने ठोकुवा समेत थापाले गरे | थापाले आफ्नो सम्बोधनमा गोजमुमोको मूल मुद्दा गोर्खाल्याण्ड रहेको र यसमा प्रत्येक जाति र गोर्खा सन्तानहरुमा समर्पित भावना हुनपर्ने आह्वान गर्दै मूल मुद्दा संगै बुनियांदी समस्याहरुलाई पनि समाधान गर्न मोर्चा सदैव अग्रसर रहेको किटान गरे | सभाको मूल विषय अनुरुप सर्वसम्मति द्वारा यी निम्नलिखित व्यक्तिवर्गलाई जनमुक्ति कर्मचारी संगठनको विभिन्न पदहरुमा यस प्रकारले निर्वाचित गरियो जसमा सभापति एनके जैसी, मूल सचिव गोपाल राई, उपसभापति एमबी रसाइली, हरिप्रसाद राई, मदन राई, सन्तोष प्रदान, बीबी मोहरा, सहसचिव कृष्ण कुमार छेत्री, देबिना प्रदान, चन्द्रकला छेत्री, विष्णु खरेल, बिनाराम गहतराज, कोषध्यक्ष पासांग तामांग, लेखापरिक्षक बुद्ध शेर्पा, अरुण तामांग, सल्लाहकार लिला बहादुर छेत्री, सगर सुनुवार, रविन प्रधान, कृष्णलाल गुरुङ, नरेन छेत्री, पीबी शेर्पा आदि रहेको छ | सभालाई नव निर्वाचित जनमुक्ति कर्मचारी संगठन मूल सचिव गोपाल राई, गोजमुमो समष्टि अध्यक्ष उर्गेन शेर्पा आदिले पनि सम्बोधन गरेको जानकारी युवा मोर्चा समष्टि प्रवक्ता अनित खातीले एक प्रेस विज्ञप्ति मार्फत दिएका छन् ||

गत ९ फरवरी बिहिबारको दिन स्थानीय रोय बङलोमा जनमुक्ति कर्मचारी संगठन मङपु जोनको महत्वपूर्ण सभा संगठनकै उपसभापति एनके जैशीको अध्यक्षतामा सम्पन्न भयो | सभामा क्षेत्रीय सभासद एवम कार्यकारिणी सभासद बन विभाग रतन कुमार थापा, गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि सभापति उर्गेन शेर्पा, मूल

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.