रङजुभेलीमा विदाई कार्यक्रम

Farewell to madan kumar pandey
मङपु सिन्कोना बगान अधिनस्थ रङजुभेली विभागमा रङजुभेली विदाई समारोह समितिको आयोजनामा एउटा विदाई कार्यक्रम गर्दै बगान चप्रासी मदन कुमार पाण्डेलाई विदाई दिएको छ | सिन्कोना बगानमा आज पर्यान्त आफ्नो समय अनि उमेरहरु खर्चेर सेवा गर्दा गर्दै उमेरले अवकाश ग्रहण गर्न बाध्य बनाएपछि उनलाई यो सम्झना स्वरूप कार्यक्रम गर्दै सम्मानपुर्वक विदाई गरिएको हो | विभागीय जेसी बिभिषण तामांगको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई शरण भण्डारीले संचालन गरेका थिए भने कार्यक्रममा बीबी मोहरा विभागीय ग्याङमेनको प्रमुख आतिथ्य रहेको थियो | यसरी नै अन्य अतिथिहरुमा टीबी बस्नेत भूतपूर्व चप्रासी, सकुन्तला तामांग भूतपूर्व श्रमिक आदि उपस्थित रहेका थिए भने कार्यक्रममा स्वागत भाषण मिलन गुरुङले राखेका थिए | उजला राई द्वारा मार्मिक स्मारिका पठन गरेपछि अवकाश प्राप्त पाण्डेलाई विभिन्न उपहारहरु अनि खादा माला गरि सम्मानपुर्वक विदाई जनाइएको छ | विदाई कार्यक्रमलाई अवकास प्राप्त मदन कुमार पाण्डे, जेसी बिभिषण तामांग, टंक बहादुर छेत्री भूतपूर्व चप्रासी आदिले पनि सम्बोधन गरेका थिए भने धन्यबादको शब्द बिनोद रसाइलीले राखेका थिए || 

मङपु सिन्कोना बगान अधिनस्थ रङजुभेली विभागमा रङजुभेली विदाई समारोह समितिको आयोजनामा एउटा विदाई कार्यक्रम गर्दै बगान चप्रासी मदन कुमार पाण्डेलाई विदाई दिएको छ |

Post a Comment

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.