मङपु अस्पताल जाने सडकको हाल बेहाल

Road conditon of mungpoo hospital
अंग्रेजको पालादेखि नै सिन्कोना बगानमा काम गर्ने मजदुर, कर्मचारीहरुको निम्ति स्वास्थ्य जाँच एवम बिमारीको उपचार गर्न हेतु निर्माण गरिएको मङपु सरकारी अस्पताल जाने सडक जीर्ण अवस्थामा देखा परेको छ | नालीडांडा गोसखान भएर जाने यो सडकको हाल नै बेहाल भएर गएको छ | यही सडक भएर मङपु क्षेत्रका बजार, गाउँ बस्तीबाट बिमारीहरु लाने गर्छ तर बर्तमान जीर्ण रहेको यो सडकमा अलकत्रा त प्राय: भेटिंदैन पनि उल्टा अलकत्रा मुनिबाट छापिने ठूलो ढुंगाहरु पनि उप्केर चार चक्के छोडी दुई चक्के बहानधरि कुदाउन गाह्रो पर्ने स्थितिमा छ | प्राय: आठ दश वर्षदेखि यस सडकको अवस्था सबैको नजरमा रहेपनि यसलाई मर्मति गर्ने दिशामा आजसम्म कोही पनि अघि आएको पाइएको छैन | स्थानीय मानिसहरुले बताए अनुसार एकचोटि सिन्कोनाका पुर्व निर्देशक डा० जीसी सुब्बाको पालामा एकपल्ट मर्मति भए यता आज पर्यान्त मर्मति भएको थाहा नभएको बताएका छन् | नालीडांडा ब्यापारी संगठनले समय समय यो परिसर साफ सफाई गरे पनि बाटोमा अलकत्र लगाउन त नसक्ने कुरो हो  | नालीडांडा देखि आधा किलोमिटर जति पनि नरहेको यस सडकको बर्तमान अवस्थामा गाडीमा नाजुक स्थितिको बिमारीहरु अनि गर्ववती महिलाहरु लान परे बिमारीको अवस्था झनै गम्भीर हुने गर्छ | बर्खायाममा यही सडक भएर दार्जीलिंग फाटकदेखिको मैला कुचेलाहरुको कुलो बगेर ठीक अस्पतालकै आँगनमा थुप्रिने गर्छ | यसको साथै नालीडांडादेखि सरस्वती कन्या विधालय, मङपु जनमैदान हुँदै सिन्कोना निर्देशक बङलो सम्म जाने सडकको अवस्था पनि सोंचनीय छ | दिनोदीन बिग्रिन्दै गएको अस्पताल जाने सडकको अवस्थालाई हेर्दा सिन्कोना बगानकै गरीब मजदुर, कर्मचारीहरुको स्वास्थ्य जचाउन अनि उपचार गर्न बनिएको अस्पताल अनि त्यहाँसम्म जाने सडकलाई सिन्कोना निर्देशालय तथा व्यवस्थापनको पक्षबाट नै उचित पहल गर्नपर्ने आवश्यकता देखिएको छ साथ - साथै हाम्रो पार्टीले मात्र बिकाश गर्छ भन्दै चुनावको समय मात्र तैछाड मैछाड गर्ने सबै राजनैतिक दलहरुले पनि क्षेत्रको यस्ता अति आवश्यक कुरोहरुलाई अनदेखा गर्न नहुने अनि सिन्कोना बगान भित्रका यस्ता कतिपय सम्पतिहरु नष्ट हुन पहिले नै संरक्षणको पहल गरे असल हुने स्थानीय मानिसहरुको भनाइ छ ||      
Comments

अंग्रेजको पालादेखि नै सिन्कोना बगानमा काम गर्ने मजदुर, कर्मचारीहरुको निम्ति स्वास्थ्य जाँच एवम बिमारीको उपचार गर्न हेतु निर्माण गरिएको मङपु सरकारी अस्पताल जाने सडक जीर्ण अवस्थामा देखा परेको छ |

Labels:

Post a Comment

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.