Trending Vids

नालीडांडा बजारमा सफाई अभियान

Safai Abhiyan
प्रत्येक वर्ष नालीडांडा ब्यापारी संगठनको कुशल नेतृत्वमा नालीडांडा क्षेत्रका बिशेष: पीडब्ल्युडी बङलो फाटकदेखि मङपु बस स्ट्याण्ड, अस्पताल जाने बाटो, गुम्बा परिसर, सार्वजनिक सौचालय क्षेत्रभरि सफाई अभियान गर्दै आइरहेको छ भने यसवर्ष पनि नालीडांडा बजारका नागरिकवर्ग, ब्यापारीवर्ग, नाली डांडा व्यापारी संगठनका सम्पूर्ण सदस्यवर्ग तथा मरिया इन्स्टीट्युटका विधार्थीवर्गले ती स्थानहरुको साफ सफाई गरेको छ | बिहानदेखि नै परिसरमा साफ सफाई, झारहरु गोडगाड, नालीहरु सफा गर्दै परिसरलाई सफा बनाएको छ | सफाई अभियानलाई अझ सफल बनाउन संगठनलाई सहसचिव ललिता तामांगले मास्क र प्लास्टिक पन्जाहरु प्रदान गरेका थिए भने उपसभापति डिकी डोल्मा शेर्पा तथा अन्यान्य सदस्यहरुले तातो तातो चिया उपलब्ध गराएर अभियान सहयोग साथै सबैलाई प्रोह्त्सान दिएका थिए | उसरी नै फाटक भ्यान चालकहरुले पनि अभियानमा सहयोग पुराए | उक्त सफाई अभियानमा दाल्जोर कम्पनी साथै कुमार छेत्रीले पिकअप भ्यान दिएर सफाई कार्यक्रममा थप सहयोग दिएका थिए | सफाई कार्यक्रममा हात र साथ बांटने सम्पूर्णलाई संगठन सभापति डीएस प्रधान साथै सभापति बुद्ध कुमार थापाले हार्दिक धन्यबाद दिंदै नालीडांडा परिसरलाई सबैले नै स्वस्छ अनि सफा राख्ने अपिल गरेका छन् || 

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB