अधिवेशनमा एनएचपीसी द्वारा नि:शुल्क स्वास्थ्य जाँच

Mungpoo Adhiveshan crowd
अखिल भारतीय तामांग बौद्ध संघ द्वारा आयोजन भइरहेको चार दिवसीय ३२ औं अधिवेशनको अवसरमा एनएचपीसी टीएलडीपी स्टेज 3 को पक्षबाट नि:शुल्क स्वास्थ्य जाँच शिविर पनि सम्पन्न गरिएको छ जसमा एनएचपीबाट पचास हजार भन्दा अधिक मुल्य बराबरको नि:शुल्क औषधि पनि वितरण गर्न ल्याइएको छ | डा० अजय कुमार शर्मा द्वारा तीन सय भन्दा अधिक बिरामीहरुले रक्तचाप, ग्यास, आँखा, टाउको दुख्ने, पखाला आदिको जाँच गराए भने सम्बन्धित बिमारको निशुल्क औषधि पनि लिइसकेको छ | डा० शर्मा संगै उनको साथमा जम्मा ७ नर्स अनि कर्मीहरु पनि नि:शुल्क सेवाको निम्ति उपस्थित रहेका थिए | 
यसरी नै मङपुबाट बैध सेवामा ललिता तामांग, बिकाश तामांग अनि सुदीप तामांग पनि उपस्थित रहेका थिए | मङपुमा धेरै अघिदेखि नै जरीबुट्टी द्वारा उपचार गर्दै आएका यस टोलीले पनि तीस भन्दा अधिक रोगीहरुको बाँचिएको, मर्किएको हड्डीहरुको उपचार गराएका थिए |
यसको साथमा अधिवेशन आयोजक समितिकै पक्षबाट नि:शुल्क रक्त वर्गीकरण सेवा पनि उपलब्ध गराएका थिए जसलाई दार्जीलिंगबाट आएका आनन्द मोक्तान, एड्रियन लेप्चा अनि छिरिङ तामांगले नेतृत्व दिएका थिए ||

अखिल भारतीय तामांग बौद्ध संघ द्वारा आयोजन भइरहेको चार दिवसीय ३२ औं अधिवेशनको अवसरमा एनएचपीसी टीएलडीपी स्टेज 3 को पक्षबाट नि:शुल्क स्वास्थ्य जाँच शिविर पनि सम्पन्न गरिएको छ जसमा

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.