Trending Vids

डा० रोहित शर्माले मङपुलाई नयाँ सालको उपहार दियो एम्बुलेन्स

Kurseong MLA Dr Rohit sharma presents Ambulance for Mungpoo
विगत लोकसभा चुनावको परिणाम घोषणा भएकै दिन मोर्चा समर्थित भारतीय जनता पार्टीको जीतको खुशीयाली मनाउन मङपु आइपुगेका खरसाङ विधायक डा० रोहित शर्माले यहाँको नालीडांडा हावाघरको मंचबाट मङपुलाई एउटा एम्बुलेन्स दिने घोषणा गरेदेखि यता मङपु आउनै छोडेपछि यहाँका स्थानीय विपक्षी दलहरुले मोर्चा माथि औँला उठाउँदै खोइ विधायकले एम्बुलेन्स दिएको ? भनेर ह्येयपुर्वक छड्के हान्ने गर्थ्यो भने आज त्यही घोषणालाई साकार बनाउन डा० शर्मा एउटा नयाँ बोलेरो एम्बुलेन्स लिएर यहाँको सिन्कोना व्यवस्थापक जेसव साधालाई हस्तान्तरण गरेको छ | आज यहाँको निर्देशक बङलो परिसरमा आयोजित एउटा कार्यक्रममा मङपुलाई नयाँ वर्षको उपहार स्वरूप नयाँ एम्बुलेन्स दिंदै डा० शर्माले यो एम्बुलेन्स यहाँको क्षेत्रीय सभासद रतन कुमार थापाले मङपु लाब्दा समष्टिको आवश्यकतालाई हेरेर माग गरेको हुँदा यो सम्पूर्ण सिन्कोना अनि मङपु लाब्दा समष्टिबासीको निम्ति हो भनी बताए | उनले विधायक कोषबाट ल्याइएको यस एम्बुलेन्स मङपुलाई सुम्पिए पनि सम्पूर्ण समष्टिबासी संधै सुस्वास्थ्य रहुन एम्बुलेन्समा बोक्न र चड्न नपरोस भनी नयाँ सालको शुभकामना पनि दिए | विधायक शर्माले हालसम्म एम्बुलेन्सलाई लाग्ने तेलको कुनै कुरा नगरे पनि यसको संरक्षणको जिम्मेवारी लिने आश्वस्त गराए |  
गोजमुमो समष्टि सचिव रतन लामाले संचालन गरेको कार्यक्रममा कार्यलय मुख्य किरानी प्रेम शेर्पाले सम्भाषण राखेका थिए जहाँ सिन्कोना व्यवस्थापक जेसव सादा, हेडक्वार्टर म्यानेजर मदन मुखिया लगायत लक्षमण राई केन्द्रीय समिति, पीएमओएच, करिम साहेब, मोर्चा केन्द्रीय समिति सदस्य मिरेन लामा, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन मूल सचिव गगन राई डीएस प्रधान, समल कार्की साथै मोर्चाका अन्य स्थानीय प्रतिनिधि आदिको उपस्थिति रहेको थियो भने अध्यक्षीय सम्भाषण मोर्चा समष्टि सभापति उर्गेन शेर्पाले राखेको जानकारी युवा मोर्चा प्रतिनिधि अनित खातीले एक विज्ञप्ति मार्फत जनाएको छ ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB