Trending Vids

दुर्घटना निम्त्याउने बत्तीको पोस्ट

Electric post condition in mungpoo
बर्तमान युग जति बिकशित बन्दै गइरहेको छ त्यति सुविधा पनि बढ्दैछ संगसंगै खतरा पनि बढेर गएको छ | सुविधावादी समाजमा जान अन्जानमा आफ्नै निम्ति आफैलाई पुर्ने खाल्डो आफैले खनेको उदारण पनि कम छैन | कुरा हो अहिलेको हाइटेक युगको मूल श्रोत इलेक्ट्रीसिटिको | मङपुमा कुनै पनि यस्तो स्थान छैन जहाँ बत्ती पुगेको छैन | तर गाउँ बस्ती सबै क्षेत्रमा बिधुतिकरण भएपनि साथमा खतरा पनि त्यति नै छ | अचेल प्रत्येक वर्ष नै मङपुमा पनि बिध्युत दुर्घटनाले ज्यान मालको क्षति भएको सुन्न पाइन्छ | कतै विभागको लापरवाही छ त कतै क्षेत्रबासीको लापरवाहीले गर्दै विभिन्न विद्युत दुर्घटना हुने गर्दछ | यस्तैमा यहाँको रेशेप बजार जाने मूल सडक जेनिथ कम्प्युटर ट्रेनिङ सेन्टर नजिकको बिजुलोको पोस्ट फेदैमा टोंड़का परेको अवस्थामा रहेको छ | यो पोस्ट पहिलेदेखि नै टोंड़का परेको अवस्थामा थियो या त पछिबाट यस्तो भयो त्यो कुरा बत्ती विभागलाई नै थाहा होला | जे भए पनि यो सडक भएर दैनिक हजारौं मानिसहरु, बिधार्थीहरु, यान बहान आदि ओहर दोहर गर्ने हुनाले यस पोस्टले कुनै न कुनै दिन दुर्घटना गराउँछ नै | यही बाटो भएर दैनिक बिजुली विभागकै गाडी साथै कर्मीहरु हिड्ने गरेपनि आजसम्म यस पोस्टलाई फेर्ने काम भएको छैन | अब आउने चैत बैशाखको हावा हुण्डी अनि त्यसपछिको बर्खे झरीलाई यो पोस्टले थाम्ने हो होइन बत्ती विभागले बुझ्न जरुरी रहेको देखिएको छ | बत्ती विभाग सरकारीदेखि कम्पनीलाई हस्तान्तरण गरे यता मङपुमा पनि बत्तीको व्यवस्था एकदमै राम्रो भएर गएको सर्वविधित छ भने आजका बिजुली विभागका कर्मी साथै अधिकारीवर्गले पनि यही मर्यादालाई सम्झेर काम गरे असल हुनेछ | बिशेष गरेर यस्ता दुर्घटना निम्त्याउने सडक नजिकका पोस्टहरु जहाँ दैनिक हजारौं मानिसहरु हिंड्ने गर्छ भने यस्ता पोस्टहरुलाई समयमा नै परिवर्तन गरे भविष्यमा सम्बन्धित बिभागले दुर्घटनापछिको टाउको दुखाइ गर्नुपर्ने छैन || 

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB