Trending Vids

मङपुमा पनि सोनम ल्होछार पालन

Sonam Losar
आज सोनम ल्होछार पर्वको अवसरमा मङपु क्षेत्रका तामांग समुदायहरुले हर्षोल्लासको साथ ल्होछार पर्व पालन गरेको छ | तामांग समुदायको जातीय क्यालेन्डर अनुसार आजदेखि नयाँ साल शुरु भएकोले ल्होछार पर्वलाई बिशेष महत्व दिएको पाइन्छ | आजदेखि ज्यालोहो अर्थात चरा वर्ष वा चरा वर्ग शुरु भएको पनि तामांग समुदायको बिस्वास छ | आज लोसारको अवसरमा तामांगहरुले प्राय: जसो आ – आफ्नै घरमा यस पर्वलाई विधिवत रुपमा पालन गर्दै आफन्त अनि प्रियजनहरुमा सुखद शुभकामना आदान प्रदान गरे भने कहीं कतै सामुहिक रुपमा पनि लोसार पर्वलाई पालन गरेको छ | लाब्दा माथिल्लो गाउँका तामांग समुदायहरुले भने सामुहिक रुपमा गोरेटो समाज घर प्रांगनमा भब्य कार्यक्रमको आयोजन गर्दै लोसार पर्व पालन गरेको छ | यसरी नै कति तामांग परिवारहरु पर्यटन स्थलतिर गइ बनभोजको आयोजन गर्दै लोसार पर्व पालन गरेको पनि देखा परेको छ || 

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB