मङपु नेवा (प्रधान) कल्याण एसोशिएशन गठन

Newa Pradhan Kalyaan Association
मङपुमा पनि प्रधान समुदायको कल्याणार्थ मङपु नेवा(प्रधान) कल्याण एसोशिएशन गठन भएको छ | बङ्गाल मुख्यमन्त्री ममता ब्यनार्जीले पहाडका विभिन्न जाति समुदायहरुको बिकाशको निम्ति बोर्ड घोषणा गरेपछि हरेक समुदायहरुले आ – आफ्नो जातीय बोर्ड हासिल गर्ने होडमा नेवार समुदायले पनि आफ्नो बोर्ड हासिल गरिसकेको छ भने यसै बोर्ड अन्तर्गत गाउँ – बस्तिमा धेरै नै दु:ख – कष्ट झेलिरहेका निम्न वर्गीय समुदायहरुले केही सहुलियत पाउन सकोस भन्ने ध्येयमा सम्बन्धित जातका प्रतिनिधिहरुले आफ्नो समुदायलाई साथमा लिएर बिकाश बोर्डको मागमा ओर्लिएको सर्वविधित नै छ | यसै शिलशिलामा प्रधान समुदायको पनि बोर्ड घोषणा भएपछि पहाडका विभिन्न क्षेत्रका प्रधान समुदायहरुले आफ्नो संगठन बनाउने कार्य भएकै समय आज मङपु क्षेत्रका प्रधान समुदायले पनि आफ्नो जातिको संस्कृति संस्कार लगायत सर्वाङगिन विकाशको अपेक्षा राख्दै एसोशिएशन गठन गरेको छ | चमन प्रधानको अध्यक्षतामा बसेको सभामा मङपुका विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरुले अंशग्रहण गरेका थिए | सभालाई सम्बोधन गर्दै चमन प्रधानले संगठनको गठन विषय विस्तृत जानकारी उपस्थित प्रतिनिधिहरुलाई गराए भने चन्द्र प्रधानले नेवार संस्कृति संस्कार बारे प्रकाश परेका थिए | आज गठन गरिएको संगठनमा निम्न प्रकारले प्रतिनिधिहरु चयन गरिएको छ जसमा सभापति डम्बर प्रधान, उप सभापति प्रज्ञा प्रधान, सचिव बल बहादुर प्रधान, सहसचिव तृष्णा प्रधान, कोषाध्यक्ष आनन्द प्रधान, प्रमुख सलाहकार विदेन प्रधान, रिकेश प्रधान, किशन प्रधान लगायत साधारण सलाहकारहरुमा मिलन प्रधान, गणेश प्रधान, सचिन प्रधान, टेक बहादुर प्रधान, रुपन प्रधान, एलिना प्रधान, रुपेंन प्रधान, चन्द्रा प्रधान, रोशन प्रधान, सुकमाया प्रधान, हरि प्रधान, चमन प्रधान, बिन्तोष प्रधान आदिको नाम रहेको छ ||
Comments

मङपुमा पनि प्रधान समुदायको कल्याणार्थ मङपु नेवा(प्रधान) कल्याण एसोशिएशन गठन भएको छ | बङ्गाल मुख्यमन्त्री ममता ब्यनार्जीले पहाडका विभिन्न जाति समुदायहरुको बिकाशको निम्ति बोर्ड घोषणा गरेपछि हरेक समुदायहरुले आ – आफ्नो

Labels:

Post a Comment

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.