Trending Vids

लाब्दा बस्तीबाट ३१ घर टीएमसीमा सामेल

TMC supporter in labdah busty
दार्जीलिंग जिल्ला हिल त्रिनामुल कंग्रेस रङली रङलीयट खण्ड कमिटिको तत्वधानमा मङपुको लाब्दा बस्ति क्लसटरमा गाउँकै वयोवृद्ध हर्कधन राईको सभापतित्वमा एक सभा बस्यो | अर्पण दीप थापा द्वारा संचालित सभामामा जिल्ला हिल त्रिनामुल कंग्रेस महासचिवा रेजिना गुरुङ, टीएमसी रङली रङलीयट खण्ड मूलसचिव पवन बल, सिन्कोना श्रमिक संगठन अध्यक्ष किरण ब्लोन, खण्ड कमिटि युवा मुलसचिव दिब्य गुरुङ आदि बिशेष रुपले उपस्थित थिए |  वर्तमान दार्जीलिंग पहाडको राजनैतिक परिवेशलाई नियालेर टीएमसी लाब्दा मङपु समष्टिको सांगठानिक सक्रियतामा लाब्दा बस्ती क्षेत्रका जम्मा ३१ परिवारले टीएमसीको झण्डा ग्रहण गरेको छ | स्मरण रहोस विगत विधान सभा चुनाव अघि यस भेकमा टीएमसीको कमिटि थिए तथापी चुनाव अवधि मोर्चाले देखाएको प्रलोभनमा फंसिएर कतिजना कार्यकर्ता अनि समर्थकहरु मोर्चामा सामेल हुन पुगेका थिए | तर आजको सभामा आफ्नो भूल स्वीकार गर्दै उनीहरु पनि पुन: टीएमसीमा सामेल भएको छ | सभालाई सम्बोधन गर्दै पवन बलले टीएमसी पार्टीको उदेश्यलाई शिरोपर गर्दै झण्डा ग्रहण गर्ने सबैलाई बधाई दिए भेने अब उसो प्रत्येक कार्यकर्ताहरुले कर्तब्यबोध गरेर राजनीति गर्नु पर्ने जनाए | गोर्खा नेताहरुले राजनीति गर्नु जानेको छैन भन्दै बलले अब सतही राजनीति गर्न नहुने बताए | उनले अब पहाडको प्रत्येक नेता अनि कार्यकर्ताहरुले अध्ययान चिन्तन गरेर निर्भिक रुपमा राजनीति गर्नुपर्ने जनाए | पहाडबासीले घरि घरि दु:ख पाएको कारण नै नेताहरु इमान्दार नभएकोले हो अनि नेताहरुले जनतालाई छाक्काएर आफ्नो ढुकुटी भर्ने गरेकोले नै जनताले दु:ख पाएको हो भन्दै अब जनताले दु:ख पाउनु हुँदैन अनि जनताले राम्रो नराम्रो छुटाएर मात्र समर्थन दिने, जथाभावी कुदेर समय र सम्पति नष्ट नगर्ने आह्वान गरे |
सभाले लाब्दा बस्ति शाखा तथा बुथ कमिटि गठन गरेको छ | जसमा सभापति अशोक शेर्पा, उपसभापति सुरज राई, प्रनेश गुरुङ, कोषाध्यक्ष शुक्र मुखिया, बिकाश शेर्पा, सल्लाहकार हर्कधन राई, रेणु मुखिया साथै एघार जनाको कार्यकारिणी सदस्य चयन गरिएको छ | यसरी नै महिला एकाईमा सभापति मेगिना मुखिया, उपसभापति दाल्मु शेर्पा, सचिव रेणु मुखिया चयन गरियो |
सभालाई सम्बोधन गर्दै किरण ब्लोनले राजनीति प्रतिशोध होइन संसोधन हो भन्दै बिगतका राजनैतिक दल अनि नेताहरुले गरेका भूलहरुलाई संसोधन गर्दै पहाडको गुमेको राजनैतिक, सामाजिक, शैक्षिक, अर्थनैतिक बिकास गर्नुपर्ने टीएमसीको उदेश्य रहेको बताए | यसरी नै लाब्दाबस्तिदेखि बाघगौडासम्मको ६.८ किमी बाटोको कुरा गर्दै संजय थापाले गुरुङ गाउँसम्मको निर्मित बाटो आरआइडीएफ अन्तर्गत गणपति कन्स्ट्रकसंनले बाटो नबनाई जनताको आँखामा धुलो हाल्ने काम मात्र गरेको बताए | यसरी नै चुनाव अघि सिरेलदेखि लाब्दा बस्तिसम्मको बाटो पनि हतार हतार गरेर बनाउंदै भोट फकाउने काम मात्र गरेको छ जुन बाटोको अवस्था छ महिना नबित्दै बेहाल रहेको पनि उनले जनाए | उनले आफ्नो पार्टीको पक्षमा पीडब्ल्युडी मन्त्रीलाई सिरेलदेखि बाघगौडासम्मको पुरानो भारतीय सेना हिड्ने बाटोलाई पुन: निर्माण गरिनुपर्ने माग राखेको पनि उपस्थित समुहलाई अव्गात गराए | यसैक्रममा रेजिना गुरुङले लाब्दा बस्तीका समस्त नारीहरुलाई टीएमसीको पक्षमा आएर कार्य गर्ने आह्वान गरिन ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB