Trending Vids

मङपु विभागमा भब्य फुलपाती शोभायात्रा हुने

Phoolpati celebration in Mungpoo
सम्पूर्ण नेपाली गोर्खा जाति एक हौं भन्ने मूल मन्त्रलाई शिरोपर गर्दै मङपु विभागमा यस बर्ष ८ अक्टुबरको दिन फूलपाती शोभायात्रा भब्यताको साथमा पालन गरिने भएको छ | गत आइतबार एके गुरुङको अध्यक्षतामा सम्पन्न भएको सभामा मङपु विभागका २६ वटा समाजका प्रतिनिधिहरु भेला भई यस बर्ष भब्यताको साथ फूलपाती शोभायात्रा पालन गरिने निर्णय लिएको छ | सम्पुर्ण नेपाली जाति एक हौं भन्ने मूल लक्ष्यलाई लिएर नेपाली संस्कृतिलाई जगेरा गर्दै सम्पूर्ण जात जातको साँस्कृतिक भेषभुसा अनि संस्कृतिक झाँकीहरुको साथमा फुलपाती शोभायात्रा पालन गर्ने निर्णय लिएको छ | फूलपातीको दिन चुलीथुम्का पर्बतेस्वरी मन्दिरबाट पुजा अर्चना गरि मादले गीत,मारुनी नृत्य, डम्फुगीत साथमा सांस्कृतिक झाँकीहरु निकालिने भएको छ | उक्त शोभायात्रा मङपु विभाग चौरस्ता मैदानमा पुगी अन्त हुनेछ भने त्यस दिन चौरास्ता मैदानमा विभिन्न जात जातको भेषभुसामा नृत्य प्रस्तुत गरिने भएको छ | आयोजक समितिले यस बर्ष २०१६ मा माध्यमिक तथा उच्च माध्यमिकमा मङपु विभागबाट अब्बल दर्जामा उतीर्ण हुने छात्र छात्रवर्गलाई सम्मान जनाइने भएको छ भने यस फुलपाती शोभायात्रा पूर्णरुपले अराजनैतिक रहनेछ अनि  विभागको २६ वटा समाज मिलेर कार्यक्रमको आयोजन गरिने जानकारी गाउँका समाजसेवी युवा संजय बान्तवा अनि सुजम छेत्रीले दिएका छन् |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB