लाब्दामा स्पोर्ट्स कमिटिको सभा

Labdah Sports
लाब्दा गेम्स एण्ड स्पोर्ट्स कमिटि द्वारा अक्टुबर १५ अनि १६ को दिन ग्राम सेवक प्राथमिक पाठशाला मैदानमा आयोजन गरिने विभागीय खेलकुद समारोह विषय लिएर स्थानीय कार्की डांडा स्थित सार्वजनिक भवनमा रतन छेत्रीको अध्यक्षतामा एक महत्वपूर्ण सभा सम्पन्न भयो | विगतको दिनहरुमा लाब्दा विभागले खेलकुद अनि फूटबलको क्षेत्रमा कमाएको प्रशिद्धिको इतिहासलाई स्मरण गर्दै त्यो गरिमालाई पुन: फर्काइल्याउन यसपल्ट सम्पूर्ण लाब्दा विभागबासी नै अघि आएर उम्दा खेलाडीहरुलाई प्रोह्त्सान दिने भएको छ | बिशेष गरेर हिन्दुहरुको महान पर्व विजया दशमीको प्राय: अन्ततिर यो खेलकुद समारोह पर्ने भएकोले दशैँको मुखमा सबैको घरमा कामको चटारो पर्ने हुन्छ यसैले दशैँ संगै यस कार्यक्रमलाई पनि सुगम प्रकारले उतार्न कमिटिभित्र पनि विभिन्न कार्यकारिणी झुण्डहरु बनाइएको छ | यसै मुताबिक सभामा क्रमैले कार्यक्रम आयोजनाको तम्तयारी कसरी गरिनु पर्ने, प्रत्येक गाउँबाट आ – आफ्ना नानीहरुलाई खेलकुद प्रति जागरुक गराउन अहिले देखिनै अभ्यास गराउन पर्ने, ग्राउण्डको तयारी, प्रचार प्रशार आदि विषय सुन्तले धुरा, ७४ धुरा, शान्ति धुरा आदि क्षेत्रबाट उपस्थित प्रतिनिधिहरुले आ- आफ्नो सुझाउ राखेका थिए जुन सभाले आगमी १ अक्टुबरदेखि प्रचार प्रसारलाई तिब्र गति दिने निर्णय लिएको छ |

कार्यक्रम उतार्न ग्राउण्डको तयारी अन्तर्गत कमिटि सदस्य सुजित राईले जेसीबी लगाएर ग्राउण्ड लेबल गर्ने काम शुरु गरिसकेको छ भने सदस्य द्वय रुपेश सिंग्दन अनि सतन तामांगले पिकअपबाट बालुवा ल्याएर पानीले हिलो बनाएको मैदानमा भर्ने दायित्व लिएको छ |
यसरी नै सभामा विशेष रुपमा विभागीय ग्याङमेन मदन राई, राजेश घिसिङ, मुनाल घिसिङ, ज्ञानचन्द्र पाख्रीन आदिले आफ्नो गहन विचारहरु सभा समक्ष राखेका थिए | शंखर तामांगले संचालन गरेको सभामा लाब्दा विभागका विभिन्न क्षेत्रका प्रतिनिधिहरु उपस्थित रहेका थिए भने सचिव कैलाश पाख्रीनले सम्पूर्ण उपस्थितिलाई धन्यवाद दिएका थिए ||

लाब्दा गेम्स एण्ड स्पोर्ट्स कमिटि द्वारा अक्टुबर १५ अनि १६ को दिन ग्राम सेवक प्राथमिक पाठशाला मैदानमा आयोजन गरिने विभागीय खेलकुद समारोह विषय लिएर स्थानीय कार्की डांडा स्थित सार्वजनिक भवनमा रतन छेत्रीको अध्यक्षतामा एक महत्वपूर्ण सभा सम्पन्न भयो |

Labels: ,

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.