लाब्दा विभागमा दुई दिवसीय खेलकुद हुने

Inter division sports in Labdah
लाब्दा विभागको गन्ती घरमा लाब्दा खेलकुद समितिको एउटा महत्वपूर्ण सभा रतन कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न भयो | सभामा लाब्दा विभागबाट हरेक वर्ष खेलकुद क्षेत्रमा खस्किँदो दुर्गतिलाई मध्यनजर गर्दै विभागको पुरानो गरिमालाई फेरि फर्काइ ल्याउने उदेश्यमा विभागका खेलाडीहरुलाई प्रोहोत्सान स्वरूप आगमी दुर्गा पुजा अर्थात हिन्दुहरुको महान चाड दशैं अनि दिपावलीको बिचमा ग्राम सेवक प्राथमिक पाठशाला प्रांगनमा अन्तर विभागीय खेलकुद समारोह (Inter Division Sports, Labdah Division) आयोजन गर्ने निर्णय लिएको छ |
सभाले आगमी १५ अनि १६ अक्टुबर दुई दिवसीय खेलकुद समारोह गर्ने अन्तिम निर्णय लिएको छ भने कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्न अन्य स्थायी सदस्यहरु सामेल गराउने निर्णय लिइयो साथै कार्यक्रम सम्पन्न गर्नलाई सदस्यहरुलाई विभिन्न झुण्डहरुमा विभक्तिकरण गर्दै कार्यहरु सुम्पिने काम भएको छ | यसको साथै हालमा बिशेष गरेर प्रचार प्रसारलाई प्रमुखता दिंदै चाडै कार्य शुरु गर्ने आह्वान समितिको पक्षमा शंकर तामांगले गरे भने सभालाई कैलाश पाख्रीनले संचालन गरेका थिए ||

लाब्दा विभागको गन्ती घरमा लाब्दा खेलकुद समितिको एउटा महत्वपूर्ण सभा रतन कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न भयो | Inter Division Sports, Labdah Division) आयोजन गर्ने निर्णय लिएको छ |

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.