सिन्कोना श्रमिकवर्गको पद्दोनती बिषय लिएर दातडुप्लालेयुले धारावाहिक आन्दोलन गर्ने

cinchona labour
आज स्थानीय रोय बंगलोमा दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रिय समितिको सभा युनियन कै सभापति सभासद गोपाल रुचालको अध्यक्षता सम्पन्न भयो | सभामा सिन्कोना बगान श्रमिकवर्गको पद्दोनती झट्टै गरिन पर्छ भन्ने बिषयमा चर्चापरिचर्चा गर्दै युनियनले श्रमिकवर्गको पद्दोनती बिषयलाई लिएर धारावाहिक आन्दोलन गरिने जानकारी दताडुप्लालेयु सचिव गगन राईले दिएका छन | आजको सभामा दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रिय समिति सभापति गोपाल रुचाल,क्षेत्रीय सभासद रतन थापा कोअडिनेटर मिरेन  लामा लगायत चारैवटा युनिटका प्रतिनिधिगण उपस्थित थिए | युनियन टोलीले  आगमी ९ सेप्टेम्बरको दिन लालकोठीमा गई सिन्कोना विभाग जीटीएका ईडी संग श्रमिकवर्गको पाद्दोनती बिषयलाई लिएर बैठक गर्ने अनि त्यसपछि कोलकोत्तामामा गई श्रमिकवर्गको पाद्दोनती झट्टै हुनुपर्छ भन्ने बिषयमा बैठक गरिने अनि त्यसपछि धारावाहिक आन्दोलन गरिने जानकारी दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रिय समितिको सचिव गगन राईले एक बिज्ञप्ती मार्फत दिएका छन |

Share news to:

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB