सिन्कोना निर्देशालयमा कार्यालय प्रबन्धन बारे कार्यशाला

Cinchona office management workshop mungpoo
सिन्कोना निर्देशालयको सभागृहमा कार्यालय प्रबन्धन बारे कार्यशालाको आयोजन गरियो । सिन्कोना निर्देशक डा सामुएल राईको उपस्थितिमा बिहान ९ बजे शुरू भएको यस कार्यशालामा मुख्यालयका व्यवस्थापक विदुर छेत्रीले स्वागत सम्भाषण राखेका थिए । आजको यस सभामा सिन्कोना निर्देशालय अधिनस्थ चारै बगानका अधिकारीवर्ग  बसन्त कुमार तामाङ (व्यवस्थापक, मन्सोङ), टी बी बराइली (व्यवस्थापक, लाटपञ्चर),  विदुर छेत्री (व्यवस्थापक, रोंगो), मदन मुखिया (उद्भिद रोग विशेषज्ञ, गवेषणा विभाग एवं मङ्पु व्यवस्थापक प्रभारी),  धनदेव मुखिया (उद्भिद विशेषज्ञ, मन्सोङ), गोपाल लामिछाने (सह-व्यवस्थापक, गैरीबाँस, रोंगो) लगायत मुख्य किरानीहरू क्रमशः  शिशिर प्रधान (कुइनाइन कारखाना, मङ्पु),  प्रेम शेर्पा (व्यवस्थापक कार्यालय, मङ्पु),  दिलीप राई (इमिटाइन कारखाना, मङ्पु), आई बी लिम्बु (लाटपञ्चर),  बी बी थापा (मन्सोङ),  भीम छेत्री (रोंगो), गणेशचन्द्र गुरूङ (डायोसजेनिन कारखाना) सम्पूर्ण सर्वक्षकहरू, प्रयोगशाला सहयोगी अनि अन्य सहयोगीवर्ग उपस्थित रहेका थिए । प्रत्येक विभागलाई प्रतिनिधित्व गर्दै सिन्कोनाका १५ विभागका गेङमेन अनि सहयोगीवर्गले आजको यो महत्वपूर्ण सभामा सम्भागी बनेका थिए ।

सभाको शुरूमा सिन्कोना निर्देशक डा सामुएल राईले कार्यालयमा भइरहेको पुरानो पद्धतिको कार्यालय प्रबन्धनमा सुधार ल्याउन जरूरी रहेको विषय बारे प्रकाश पार्नुभयो । हिज आज इन्टरनेटको माध्यमबाट पत्रचार गर्नु अति आवश्यक छ । प्रत्येक विभागमा कम्प्युटरहरू उपलब्ध गराइएका छन् तर इन्टरनेट सबैले चलाउन जानेका छैनन् । अन्य नयाँ मान्छे ल्याएर होइन तर वर्तमानमा बगानमा सेवारत कुनै न कुनै कर्मचारी वा श्रमिकको सहयोगबाट पनि चलाउन सकिन्छ । यसै क्रममा फाइल कसरी तयार पार्ने, यसलाई ट्रयाकिङ कसरी गर्ने, नमुना फाइल, प्रतिवेदन पद्धति, गेङमेनको प्रतिवेदन, कार्यालयसितको तालमेल, कार्यालयमा पत्रचार प्रणालीको सारांश अनि हामीले गरिरहेका भूल पद्धतिबारे प्रकाश पारे  ।

कार्यशालाको उत्तरार्धमा सैद्धान्तिक अनि व्यवहारिक तौरले कार्यालयमा कसरी फाइल निर्देशिका राख्ने, ट्रयाकिङ कसरी गर्ने, प्राप्त गरिएका पत्र अनि फाइल कसरी राख्ने साथै कसरी सिफारिस गरेर अग्रेषित गर्ने बारे आजका मास्टर ट्रेनर श्री सुदर्शन तामाङ स्टेनोग्राफर लगायत वहाँका सहयोगीवर्ग क्रमशः दीपक तामाङ, अमृत खड्का, अञ्जु तामाङ, दोर्जी तामाङ, विवेक तामाङले सम्पूर्ण कार्यालयका कर्मचारीवर्गलाई प्रशिक्षण दिए । यस कार्यशालाको मुख्य उदेश्य कार्यालयको कार्यपद्धतिमा एकरूपता, कार्यरूपमा सहजता, बौद्धिकता साथै सिन्कोना विभागको मात्र वर्तमानमा नभएर भारत देशले सोचेको मार्गमा हामी आफैलाई आत्मसाथ गर्नु हो । 

सिन्कोना निर्देशालयको सभागृहमा कार्यालय प्रबन्धन बारे कार्यशालाको आयोजन गरियो । सिन्कोना निर्देशक डा सामुएल राईको उपस्थितिमा बिहान ९ बजे शुरू भएको यस कार्यशालामा मुख्यालयका व्यवस्थापक विदुर छेत्रीले स्वागत सम्भाषण राखेका थिए ।

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger]

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.