Trending Vids

स्व० भारती वाइबाको निधनमा शोक श्रधान्जली

Tribute to Bharati Gurung
गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि कार्यलयमा जोन नारी मोर्चा सभापति मिरा दाहालको सभाध्यक्षतामा एउटा शोक सभा बस्यो जसमा विगत २००७ सालदेखि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनदेखि गोर्खा जनमुक्ति नारी मोर्चा रेशेप शाखाका सचिवा रहेर नारी जमातलाई एक गराई आन्दोलनमा सहयोग पुराउने स्वर्गीय भारती वाइबाको आकस्मिक निधनमा गहिरो शोक श्रधान्जली प्रकट गरियो | गोर्खाल्याण्ड आन्दोलनको शुरुदेखि नै रेशेप शाखा नारी मोर्चालाई कुशल नेतृत्व दिंदै आज पर्यान्त गोर्खाहितको निम्ति सक्रीय बनेर आन्दोलनमा उत्रने स्व भारती धार्मिक तथा सामाजिक संघ संस्थाहरुसंग पनि उत्तिकै संलग्न भएर काम गर्ने गर्थिन् | सचिव सुर्यमणि राई द्वारा संचालित सभामा मोर्चा सदस्य तथा भूतपुर्ब प्रधान अध्यापिका जयन्ता गिरीले स्व० भारती वाइबा प्रति शोक समवेदनाका शब्दहरु प्रकट गरेका थिइन् | यसरी नै उनको निधनमा समष्टि सभासद रतन कुमार थापा लगायत समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामाले पनि गहिरो शोक व्यक्त गरेका छन् | सभामा शोकाकुल परिवारमा आएको आकस्मिक बज्रपात अनि अपुरणीय क्षतिमा इश्वरले सहन गर्ने शक्ति प्रदान गरुन साथै दिवंगत आत्माले शान्ति पाउन भनि ईश्वर प्रार्थना गरिएको जानकारी प्रचार प्रसार सचिव बुद्ध कुमार थापाले जनाएको छ ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB