मङपुको प्राथमिक पाठशालाहरुमा निर्मल बिधालय पालन

Nirmal Bidhalaya in Mungpoo
ग्राम सेवक प्राथमिक पाठशालामा निर्मल बिधालय: लाब्दा विभाग स्थित यहाँको ग्राम सेवक प्राथमिक पाठशाला (Gram Sevak Primary School, Labdah)  मा गत ८ अगस्तदेखि १२ अगस्तसम्म निर्मल बिधालय सप्ताह पालन गरेको छ | स्वास्थ्य सम्बन्धि पाठशाला वरिपरिको सफाई, पानीको मुहान वरिपरि सफा राख्नुपर्ने, खाना खानु अघि साबुनले कसरी हात धुनु पर्ने, पाठशाला वरिपरि फ्याँकिएका त्याज्य बस्तुलाई कसरी राख्नुपर्ने बारेमा पाठशालाका नानीहरुलाई अव्गात गराइयो | प्रत्येक दिन स्वास्थ्य सम्बन्धि गीत गाउँ सिकाइयो | पाठशालाका नानीहरुलाई दुई झुण्डमा बनाएर बस अवि चित्र बनाऊ प्रतियोगिता सम्पन्न गरियो | पाठशालाका नानीहरु माझ चाइल्ड क्याबिनेट बनाइयो | यी सबै कर्मसुचिबाट नानीहरुलाई भविष्यमा सक्षम बनाउन सकिन्छ | यसै कार्यक्रममा स्वास्थ्य विभागबाट दिइएको जुगाको दबाई सबै नानीहरुलाई खुवाइयो | पाठशाला अध्यापिका बिन्ध्यादेवी छेत्री अनि शिक्षिका निता राईको अगुवाईमा कार्यक्रम सम्पन्न भएको थियो |

गान्धी स्मारक प्राथमिक पाठशालामा निर्मल बिधालय: रेशेप ग्राम पंचायत अन्तर्गत गान्धी स्मारक प्राथमिक पाठशाला ( Gandhi Smarak Primary School, Reshep Bazar) मा संचालन समिति अध्यक्ष एके दाहालको उपस्थितिमा सप्ताहव्यापी निर्मल बिधालय कार्यक्रम सम्पन्न भयो | ८ अगस्तदेखि शुरु गरिएको कार्यक्रममा अभिभावकको उपस्थितिमा नानीहरुमाझ मन्त्री मण्डल गठन गरियो | आफ्नो वरिपरि कसरी सफा राख्ने विषयमा प्रधान अध्यापिका विणा शंकर लगायत सहशिक्षक – शिक्षिकाहरु शितल देवी छेत्री, शोभा मुखिया, अरविन्द मोहान राईले दिशा निर्देश गरेको थियो | नानीहरुलाई स्वास्थ्य नै धन हो भन्ने विषयमा जोर दिएर पाठशाला, घर, बजार वरिपरि परिवेश सफा राख्ने विषय लिएर रेशेप बजारमा नानीहरुले प्ला कार्ड बोकेर बजार परिक्रमा गरे | यसै विषयमा नानीहरु माझ बस अनि चित्र बनाउ प्रतियोगिता पनि सम्पन्न गरिएको थियो | दिनांक १० अगस्तको दिन जुगाको औषधि खुवाइने काम साथै जुगा कसरी हाम्रो पेटमा पुग्छ त्यस विषयमा पनि स्पष्ट पारियो | साथ साथै ७० औं स्वतन्त्रता दिवस समारोह पनिपालन गरियो | पाठशालाका संचालन समिति अध्यक्ष एके दाहालको बाहुलीबाट राष्ट्रिय त्रिरंगा झण्डा उत्तोलन गरेपछि प्रधान अध्यापिका विणा शंकरले स्वतन्त्रता दिवसको महत्व बारे नानीहरुलाई जानकारी गराउंदै मिठाई बाँडेर उक्त दिनको कार्यक्रम पालन गरियो ||
Comments

लाब्दा विभाग स्थित यहाँको ग्राम सेवक प्राथमिक पाठशाला (Gram Sevak Primary School, Labdah) मा गत ८ अगस्तदेखि १२ अगस्तसम्म निर्मल बिधालय सप्ताह पालन गरेको छ |, रेशेप ग्राम पंचायत अन्तर्गत गान्धी स्मारक प्राथमिक पाठशाला ( Gandhi Smarak Primary School, Reshep Bazar)

Labels:

Post a Comment

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.