विगत वर्षदेखि शुरु गरिएको गुरुजी मंगल प्रज्ञा पुरस्कार २०१६ (Guruji Mangal Pragya Puraskar) को घोषणा गरिएको छ | समितिकै अध्यक्ष गणेश मिश्रको अध्यक्षता एवम प्रमुख निर्णायक दिलिप शर्माको अगुवाईमा निर्णायक मण्डलीको एउटा सभा सम्पन्न भयो जुन सभाले आवेदनकरीहरु मध्ये सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने दशौँ श्रेणी उतीर्ण विधार्थी निशान्त थापा (पिता अनिल थापा, माता रेश्मा थापा ) रङबी विभाग अनि बाह्रौ श्रेणी उतीर्ण विधार्थी प्रार्थना छेत्री (पिता बिकाश छेत्री, माता कमिता छेत्री) रङबी विभागलाई पुरस्कारको निम्ति चयन गरियो | उक्त पुरस्कार आगमी २५ अगस्तको दिन श्रीकृष्ण प्रणामी गीता मन्दीर रेशेप विभागमा दिउँसोको कार्यक्रममा पुज्य वितककार अशोक शास्त्री र पुज्य माताजी पुजन पौड्यालको कर कमलबाट प्रदान गरिने भएको छ | मंगल आशिर्वाद स्वरूप पुरस्कारको निम्ति छनौट भएका दुवै विधार्थीलाई उक्त दिन उपस्थित भइदिने समितिले अनुरोध गरेको जानकारी समिति सचिव दिपेन थापाले दिएको छ ||