मङपू गाडी दुर्घटनाको मृतक परिवारलाई पचास हजार प्रदान

Mungpoo Motors Karmachari Kalyan Sangathan
विगत ६ मईको दिन मङपूदेखि दार्जीलिंग जाने दैनिक सेवाको एउटा सवारी गाडी सदा झैं दार्जीलिंगदेखि बेलुकी मङपू फर्किरहेको समय अचानक जोरबङला अनि गड्डीलाइन नजिक नियन्त्रण हराएर दुर्घटनाग्रस्त हुँदा लाब्दा शान्ति धुरा निवासी फूलमाया तामांगले ज्यान गुमाएका थिए भने धेरै यात्रीहरु घाइते भएका थिए | चालक संगठनसित यो आपदकालिन अवस्थामा पिडित परिवारको निम्ति क्षतिपूर्ति भर्ने यथेष्ट राशी नहुँदा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यपाल बिमल गुरुङ समक्ष सहयोगको हात फैलाउन पुगेका थिए | जुन टोलीलाई दार्जीलिंग सिक्किम तराई डुवर्स ट्रान्सपोर्ट युनियन (जिल्ला कमिटि) सभापति एवम महासचिव साथै मङपू मोटर कर्मचारी कल्याण संगठनको प्रतिनिधिवर्गले प्रतिनिधित्व गरेका थिए भने कार्यपाल गुरुङले संगठनमाथि आएको यो दु:खको घडीमा १ लाख रुपियाँ सहयोग दिएका थिए अनि उनकै निर्देशमा मङपू मोटर कर्मचारी कल्याण संगठनले मृत परिवारलाई ५० हजार अनि घाइतेहरुलाई ५० हजार रुपियाँ सहयोग राशी प्रदान गरेको छ | चालकहरुको निम्ति हर सम्भव सहयोगको हात बढाईदिएकोमा सम्पूर्ण मङपूको चालक एवम मङपूबासीको पक्षबाट कार्यपाल बिमल गुरुङलाई हार्दिक धन्यबाद प्रकट गरेको जानकारी संगठनका महा सचिव अनिल थापाले दिएको छ ||

विगत ६ मईको दिन मङपूदेखि दार्जीलिंग जाने दैनिक सेवाको एउटा सवारी गाडी सदा झैं दार्जीलिंगदेखि बेलुकी मङपू फर्किरहेको समय अचानक जोरबङला अनि गड्डीलाइन नजिक नियन्त्रण हराएर दुर्घटनाग्रस्त हुँदा लाब्दा शान्ति धुरा निवासी फूलमाया तामांगले ज्यान गुमाएका थिए भने धेरै यात्रीहरु घाइते भएका थिए |

Labels:

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][disqus][facebook][spotim]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.