Trending Vids

नोटामा भोट लाउनेहरु मोर्चादेखि ठुस्केका जनताहरु हुन् – डा० रोहित शर्मा, मङपूलाई एम्बुलेन्स दिने

Morcha Victory Celebration in Mungpoo with Dr Rohit Sharma, Ratan Kr Thapa
“नोटामा भोट लाउनेहरु सबै मोर्चादेखि ठुस्केका जनताहरु हुन् जसले अरु पार्टीलाई समर्थन गर्न सक्दैनन्, बिश्वास गर्न सक्दैनन् यसैले आफुले बिश्वास नगरेको, मन नपरेको पार्टीलाई भोट नहालेर नोटामा हालेका हुन् | उनीहरु मोर्चालाई नै माया गर्ने समर्थकहरु हुन् यसैले उनीहरुलाई हामी फर्काइ ल्याउनेछौ “ उक्त कुरा खरसाङ बिधान सभासिटबाट मोर्चाको बिजयी उम्मेदवार डा० रोहित शर्माले मङपूको नालीडांडामा गोर्खा जनमुक्ति मोर्चा मङपू लाब्दा समष्टि द्वारा आयोजित विजय उत्सवलाई सम्बोधन गर्दै भनेका हुन् | बिधान सभा चुनाव परिणामपछि आफुले पाएको भोट अनि नोटामा गएको भोटलाई हेरेर विपक्षीहरुले नगरपालिका चुनावतिर आफ्नो जीत हुने सपना देख्दै राल चुहाएको सन्दर्भमा स्पष्टिकरण दिंदै उनले यसो भनेका हुन् | उनले पत्रकारहरुको पनि कुरा गर्दै बर्तमान पत्रकारहरुले न्युज भन्दा बेसी भ्युज लेख्ने गर्छ र उनीहरुले चुनाव अघि पनि मोर्चाको धरातल कमजोर भएको, जनसमर्थन गुमाएको कुराहरु लेखेका थिए तैपनि चुनाव मोर्चाले नै जित्यो र चुनावपछि फेरि नोटाको भोट, विपक्षीहरुले प्राप्त भोट, शहरी भोट, गाउँले भोटलाई जोडेर मोर्चाको समर्थक घटेको कुराहरु लेख्ने गरेकोमा निन्दा गर्दै नोटामा भोट दिने सम्पूर्ण जनता सबै हाम्रै हो र हामी उनीहरुलाई फर्काएको हुनेछौ यसर्थ अध्यक्ष बिमल गुरुङको कुशल नेतृत्वमा मोर्चा अझै पनि पहाडको एकमात्र शक्तिशाली अनि ठूलो छाती भएको दल हो यसमा कुनै दुई मत छैन् भनेका छन् | उनले कार्यक्रमबाट फेरि ११ वटा गोर्खा जातगोष्ठीले जनजातिको दर्जा पाउने कुराको दोहोराएका छन् | यस सन्दर्भमा बोल्दै उनले भारतको प्रधानमन्त्री नरेन्द्र मोदी स्वयले सिलिगुडीमा आउँदा यी ११ वटा जातगोष्ठीहरुलाई जनजातिको दर्जा दिने अनि गोर्खाहरुको हितको निम्ति धेरै कार्य गर्ने बचन दिएका थिए जसको अनुरुप मोर्चाले ती माग अनि मुद्दाहरुलाई लिएर बारबार केन्द्रका सम्बन्धित व्यक्तित्वहरुसित बैठक गरिरहेको बताउंदै अब चाडै नै त्यो जनजातिको दर्जा पाउने कुरा बताए | उनले अझ बताए अनुसार जनजातिको दर्जा पाएपछि फेरि सम्पूर्ण जनता जनजातिको प्रमाण पत्र लिन एक हुनैपर्ने हुनाले आउँदो दिनहरुमा मोर्चा अझ शक्तिशाली भएर जाने पूर्वानुमान लगाएका छन् | उनले आफ्नो पुर्व सांसदकालमा गोर्खा जातिको मूल मुद्दा लिएर धेरै व्यस्त रहन परेकोले समष्टि सभासद रतन कुमार थापाले धेरै प्रस्तावहरु राखेको भए पनि यस समष्टिको निम्ति केही काम गर्न नसकेकोमा क्षमा माग्दै यो पल्ट मङपू लाब्दा समष्टिको निम्ति धेरै कामहरु गर्ने बताएका छन् | पहिले जस्तै यो पल्ट पनि यस समष्टिका जनताले मलाई उत्कृष्ट भोट दिएर जिताएको छ | ती जनताले मलाई भीआइपी भएर डुल्नु जिताएको होइन यसैले म आफू सांसदको सपथ ग्रहण गरेपछि यो समष्टिमा हरेक महिना एकपल्ट आउने र यहाँको जनताहरुको आवश्यकताहरुलाई निर्क्योल गर्दै जनताकै निर्देशनमा थुप्रै बिकाशमूलक कार्यहरु गर्ने बताए | यस समष्टिको सभासद थापाले तीन वर्ष पहिलेदेखि नै क्षेत्रको निम्ति एउटा एम्बुलेन्सको माग गरेको हुँदा उनले आज समस्त जनता अघि एउटा एम्बुलेन्स दिने घोषणा गरेका छन् | डा० शर्माले भोट दिएर जिताउने सम्पूर्ण जनतामा हार्दिक धन्यबाद प्रकट गर्दै संधै यसरी नै एकता कायम राख्ने आह्वान गरेका छन् |
सम्बोधनको क्रममा मङपू लाब्दा समष्टि सभासद रतन कुमार थापाले पनि सबै जनतालाई धन्यबाद जनाउंदै रिसाएको, ठुस्किएको जनताहरु सबै समयमा नै बुझेर गोर्खा जनमुक्ति मोर्चाको बिशाल क्षत्रछाँयामा आई गोर्खाल्याण्डको निम्ति एक भइ बस्ने अपिल गरेका छन् | हाम्रो कतिपय जनता मोर्चामा ठिक्क पार्दै भोट अर्कैतिर हाल्नेहरु सबै हामीले परिणाम हेरेर छुटाउन सक्यौं र यसरी क्षणिक प्रलोभन र भूलभ्रान्तिमा परि पथभ्रष्ट हुनु हुँदैन भन्दै दार्जीलिंग पहाडमा मोर्चा बाहेक अरु कुनै दह्रिलो बिकल्प छैन यसैले मोर्चाले नै गोर्खाहरुको उद्धार गर्छ त्यसको निम्ति एकता जरुरी रहेको बताएका छन् |
आज बङ्गाल बिधान सभा चुनावमा मोर्चा उम्मेदवारको जीतको खुशी मनाउन गोजमुमो मङपू समष्टि द्वारा आयोजन गरिएको कार्यक्रममा मोर्चा समर्थकहरु “जितेको जितेकै मोर्चाले हार्नु त कहिले जान्दैन” – गीतमा नाँच्दै एकार्कामा खुशी आदान प्रदान गरेर सबैलाई मिठाई बाँडेका थिए | यही कार्यक्रमलाई समष्टि सभापति उर्गेन शेर्पाले सभापतित्व बहन गरेका थिए भने सचिव रतन लामाले पनि सम्बोधन गरेका थिए | अनित खातीले संचालन गरेको कार्यक्रममा समष्टिका मोर्चा पदाधिकारीहरु, सम्पूर्ण शाखाका पदाधिकारीहरु, युनियन पदाधिकारीहरु लगायत मोर्चाका विभिन्न भातृ संगठनका पदाधिकारीहरु पनि उपस्थित थिए ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB