Trending Vids

मङपूमा गोर्खा राष्ट्रीय विधार्थी मोर्चाको सभा

Gorkha National Liberation Front GNLF flag
गोर्खा राष्ट्रीय मुक्ति मोर्चा (Gorkha National Liberation Front GNLF) मङपू शाखाको शाखाको आकस्मिक सभा यहाँको नालीडांडा स्थित कार्यलयमा विधार्थी मोर्चा मङपु शाखाको संयोजक प्रवेश राईको सभापतित्वमा सम्पन्न भयो | सभाको प्रथम चरणमा आफ्नो दुई कुरा राख्दै संयोजक प्रवेश राईले जीटीए सरकारले शैक्षिक संस्थान ( आईटीआई) जस्तो चीजलाई कमानबाट जमीनको एनओसी दिन नसक्ने तर व्यक्तिगत व्यवसाय गर्ने रामदेव बाबालाई जमीनको एनओसी दिनलाई बारम्बार जमीनको किन नापजोख लिई रहन्छ ? यो कसरी र के कारणले हुँदैछ, यसको जवाब जीटीए सरकारले दिनपर्छ भन्ने माग राखे |
सिक्किम राज्यको वर्तमान मुख्यमन्त्री पवन कुमार चामलिंगले दिएको बक्तब्यको प्रसंगमा प्रनेश राईले भारतवर्षको अन्य प्रान्तहरुमा बसोबासो गर्ने गोर्खाहरु माथि जुन प्रकारको टिप्पणी गरे त्यसमाथि ठाडो खण्डन गरे | उनले भने ४४ महिना गोर्खाहरुले आन्दोलन गरेपछि भारत सरकारले संविधानको २४३ एम अन्तर्गत गोर्खाहरु भारतको खाँटी नागरिक हुन् भनेर जुन मान्यता दिएको छ तब भारतमा बस्ने गोर्खाहरुको पहिचान कसरी नेपाली जाति भनेर भन्न सक्छन ? भन्ने प्रश्न संयोजक राईले सभामा राखे | उक्त बयान माथि पवन चामलिंगले सार्वजनिक रुपमा माफी माग्नुपर्छ साथै सिक्किमबाट निर्वाचित सांसदले पनि संसदमा बयान दिंदै यसको स्पष्टिकरण दिनपर्छ भन्ने सभामा बताए | सरोज शर्माले संचालन गरेको सभामा सम्वैधानिक २४३ एमलाई झट्ट लागु गराउन गोर्खा राष्ट्रीय विधार्थी मोर्चा जुनै हदसम्म पनि जानसक्ने आजको सभामा निर्णय लिएको छ ||

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB