Trending Vids

साई सेवा संगठनको आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच अनि औषधि वितरण

Free health medical check up by Sai Seva Sangathan
मङपु सत्य साई सेवा संगठनको आयोजनामा स्थानीय सरस्वती उच्चतर माध्यमिक विधालयमा नि:शुल्क स्वाँस्थ्य जाँच शिबिर सम्पन्न भयो | आज बिहान ८ बजे देखि शुरु भएको उक्त स्वाँस्थ्य जाँच शिबिरमा फिजिसियन,चाइल्ड स्पेसिलिस्ट,गाईनोलोजिस्ट ईएनटी, स्कीन अनि अन्य डाक्टरहरु उपस्थित थिए | स्थानीय सचेत युवा,समाज सेवक, अनि सरस्वती बिधालयका शिक्षक शिक्षिकागण अनि बिधार्थीगणको सहयोगमा सम्पन्न भएको उक्त नि:शुल्क स्वास्थ्य जाँच शिबिरमा १२५६ जना रोगी स्वास्थ्य जाच गराए भने ती रोगीहरुलाई डा.डिकी भुटिया,डा.दावा,डा.छितेन,डा.भणडारी,डा.येल्मो.डा.कल्याण घोष,डा.ए दास,डा.आर एन भुटिया लगायत सिलगडीका आखा आस्पतालबाट आएका  डक्टर के राई अनि डा.बर्मनले स्वास्थ्य जाँच गरे | यसरी १२५६ जना रोगीहरुलाई स्वास्थ्य जाच गरे पछि नि:शुल्क रुपमा औषधी बितवारण गरियो | स्वास्थ्य जाच गराउन सहयोग पुराउने सम्पुर्ण संघसंस्था अनि मोहन तामांङ साथै कमल पाण्डेलाई मङपु सत्य साई सेवा संगठन क्षेत्र १२का  क्षेत्रीय दयित्वाहक प्रेमदीप राईले आभार व्यक्त गरेका छन |

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB