Trending Vids

मङपुमा शान्तिपुर्वक मतदान सम्पन्न

Voting in Mungpoo ends peacefully
पश्चिम बंगाल बिधान सभा चुनावमा यो पल्ट खरसाङ महकुमाको तक्दाह खण्ड अन्तर्गत पर्ने लाब्दा मङपु समष्टिको रेसप, लाब्दा अनि रोङचोङ ग्रामपंचायतको जम्मा १९वटा मतदान केन्द्रहरूमा ६९७६ पुरुष अनि ७१५० महिला गरि जम्मा १४१२६ मतदाताहरू रहेको थियो भने आज १०८२१ जना मतदाताले आफ्नो मत खसाले जसमा ७६.६ प्रतिसत मतदान भएको छ । आज बिहान 6:30 बजे देखि बेलुकी 6 बजे सम्म मतदाताहरुले स्वेच्छाले मत खसाले भने मतदान केन्द्रमा शान्तीपुर्बक राख्न चुनाव आयोग टोली अनि मङपु पुलिस अधिकारी एम.हुसैन अर्धसैनिक बलको साथमा मतदान केन्द्रहरुमा दिनभरि नै तैनाथ रहेको थियो। मङपु रोङचोङ ग्राम पंचायत अन्तर्गत बुथ नम्बर २४/९३मा ७०७ मतदाता मध्ये ५३५जना,२४/९४ ९२८ मतदाता मध्ये ७०२ जना,२४/९५ ५११ मध्ये ४००जना,२४/९६मा ७५२ मध्ये ५५२ जना,२४/९७ ७५३ मध्ये ४७६ जना,यसरी रेसेप ग्राम पंचायत अन्तर्गतमा २४/९८ ६४१ मध्ये ४७६ जना,२४/९९ ५८३ मध्ये ४५७ जना,२४/१०० ५८३ मध्ये ५२१,२४/१०१ मध्ये ५५१ जना, २४/१०२ १०३९ मध्ये ७८३ जना,२४/१०३बाट १०६५ मध्ये ८२५ जना,२४/१०४ ८८१ मध्ये ७०९ जना,यस्तै प्रकारले लाब्दा ग्रामपंचायत अन्तर्गत पर्ने २४/१०५बाट ५६१मध्ये ४२२जना,२४/१०६बाट ६६४मध्ये ५७५जना,२४/१०७बाट {६१४मध्ये जना४९७ ,२४/१०८बाट ९२९ मध्ये ७२१ जना,२४/१०९बाट ८२६मध्ये६०५ जना,२४/११० बाट ४०६मध्ये ३०२ जना,२४/१११बाट ७७३मध्ये ६०९ जना मतदान गरेका छन । मोठ १४१२६ मतदाता मध्ये यस पल्टको विधानसभा चुनावमा १०८२१ मतदान गरे । १६औ राज्य बिधानसभा चुनावको तेस्रो चरणको मतदान यस क्षेत्रमा शान्तीपुर्बक साथ सम्पन्न भयो । लाब्दा ग्राम पन्चायत सचिव एस.पी शर्मा अनि रेसेप ग्राम पंचायत सचिव के.पी शर्माले तीनैवटा ग्रामपंचायत मतदान केन्द्रको रिपोर्ट दिएका छन ।

Share news to:

No comments:

Leave a Reply

We love to hear from you! What's on your mind?

SSC RECRUITMENT

PSC RECRUITMENT

UPSC RECRUITMENT

DEFENCE POLICE JOB